१५ बैशाख २०८२, सोमबार

 

आधा दर्जन वाणिज्य बैंकमा विदेशी लगानी, कुनमा कसको कति ?

काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये ६ वटा बैंकमा विदेशी समेत लगानी रहेको छ । सरकारले आर्थिक उदारीकरणको सुरुवात गरेसँगै विदेशी संयुक्त लगानीमा बैंक खोल्ने अनुमति दिएको थियो ।

पञ्चायती व्यवस्थामा नै संयुक्त लगानीको बैंकको रुपमा तत्कालीन नेपाल अरब बैंक (हालको नबिल) बैंक स्थापना भएको थियो। २०४१ सालमा नेपाल अरब बैंकको स्थापनापछि २०४२ मा तत्कालीन इन्डोस्वेज बैंक(हालको नबिल) र २०४३ मा तत्कालीन ग्रिनलेज बैंक (हालको स्ट्यान्डर्ड चार्टर्ड) बैंक नेपालमा आएको थिए ।

नेपाल अरब बैंकको तत्कालीन विदेशी साझेदार बाहिरिएपछि उक्त सेयर हालका एकमात्रै डलर अर्बपति बिनोद चौधरीले बैंक विदेशी लगानीको रुपमा विदेशी कम्पनीबाट लगानी गरेका हुन् । इन्डोस्वेजबाट पनि विदेशी साझोदार बाहिरिदा हिमालयन बैंक सञ्चालन गरीरहेका पृथ्वीबहादुर पाँडेले बैंकको सेयर स्वामित्व लिएर नेपाल इन्भेष्टमेन्ट बैंकको रुपमा अगाडि बढाएका हुन् ।

पञ्चायति व्यवस्थाको अत्यपछि भने नेपालमा संयुक्त लगानीको बैंकको रुपमा हिमालयन, नेपाल एसविआई, एभरेष्ट, नेपाल बंगलादेश बैंमा समेत विदेशी सहित आएका थिए । नेपाल बंगलादेश बैक नबिलमा गाभिएको छ । उक्त बैंकको विदेशी साझेदारको रुपमा रहेको बंगलादेशको आईएफआईसी बैंक पीएलसी अहिले नबिलमा दोस्रो ठुलो सेयरधनी छ ।

२० वटा वाणिज्य बैंकमा एभरेष्ट, नबिल, एनएमबि, स्टयान्डर्ड चार्टर्ड, हिमालयन, नेपाल एसबिआई बैंकमा विदेशको लगानी रहेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले प्रकाशित गरेको लेखापरीक्षणपछिको प्रतिवेदन अनुसार ६ वटा वाणिज्य बैंकमा ०.५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व छ ।

एभरेष्ट

गत आवको असार समान्तसम्म एभरेष्ट बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व भारतको पञ्जाव नेशनल बैंकको रहेको छ । बैंकमा सबैभन्दा बढी पन्जाब नेशनल बैंकको २०।०३ प्रतिशत अर्थात २ करोड ३५ लाख ६५ हजार १२० कित्ता सेयर स्वामित्व छ ।

नबिल
नबिल बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व एनबी (इन्टरनेशनल) आयरल्याण्ड र बंगलादेशको आईएफआईसी बैंक पीएलसीको लगानी रहेको छ । बैंकमा एनबी (इन्टरनेशनल)को १० करोड ६७ लाख ६ हजार २४२ कित्ता अर्थात् ३९४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै बंगलादेशको आईएफआईसी बैंक पीएलसीको २ करोड १० लाख १७ हजार २६४ कित्ता अर्थात ७.७७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बैंकमा भारतको मुथुट फाइनान्सको समेत सेयर रहेको छ । नबिलमा गाभिएको युनाइटेड फाइनान्समा मुथुटले २० प्रतिशत सेयर खरिद गरेर प्रवेश गरेको थियो । हाल नबिल बैंकमा मुथुट फाइनान्सको ०.४४ प्रतिशत सेयर हिस्सा छ ।

एनएमबि बैंक

एनएमबि बैंकमा सबैभन्दा धेरै सेयर स्वामित्व एफएमओ नेदरल्याण्डसको १३.६९ प्रतिशत अर्थात् २ करोड ५१ लाख ४७ हजार १४२ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै यंग लियन रियल्टी एसडीएनविएचडी मलेसियाको ४.२२ प्रतिशत अर्थात् ७७ लाख ४२ हजार २७० कित्ता सेयर स्वामित्व रहेको छ ।

स्टयान्डर्ड चार्टर्ड

स्टयान्डर्ड चार्टर्ड बैंकमा स्टयान्डर्ड चार्टर्ड ग्रिनलेजको ४ करोड ४१ लाख ३६ हजार ३३८ कित्ता अर्थात् ४६.८१ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकको २३.४० प्रतिशत अर्थात् २ करोड २० लाख ६८ हजार १६९ कित्ता सेयर रहेको छ ।

हिमालयन बैंक
हिमालयन बैंकमा पाकिस्तानी हबिब बैंकको १२.९३ प्रतिशत सेयर स्वामित्व छ ।

नेपाल एसबिआई

नेपाल एसबिआई बैंकमा भारतको स्टेट बैंक अफ इन्डिया (एसबिआई) को लगानी छ । तरकरिब २०० वर्षमो इतिहाँस बोकेको भारतको ठुलोमध्येको एक एसविआईको बैंकमा ५५ प्रशित सेयर हिस्सा छ ।

क्लिकमान्डुबाट

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung