३० बैशाख २०८२, मंगलवार

 

पक्राउ परेका नेताको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा राप्रपा र राष्ट्रवादी मोर्चाको धर्ना

बागलुङ । राष्ट्रवादी मोर्चा बागलुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति बागलुङको संयुक्त आयोजनामा मंगलबार जिल्ला प्रशासन कार्यालय बागलुङमा धर्ना दिएको छ।

गत चैत्र १५ गतेको तीनकुने घटनामा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलगाएतका नेता र कार्यकताहरुको रिहाईको माग गर्दै धर्ना दिएको हो।धर्नामा सहभागीले बन्दीलाई रिहा गर्न, राजसंस्था पुनःस्थापना गर्न, सनातन हिन्दु अधिराज्य कायम गर्न, गत चैत्र १५ गतेको घटनाको स्वतन्त्र छानबिन र दोषि उपर कारवाही र वार्ता टोलि गठन गर्ने माग राखेका थिए ।

कार्यक्रममा राप्रपा जिल्ला समिति बागलुङका अध्यक्ष सुरेन्द्र खड्का, वरिष्ठ उपाध्यक्ष लक्ष्मी सापकोटा, राप्रपाका केन्द्रीय सदस्य दिपक कुँवर र विश्व हिन्दु महासंघ बागलुङका अध्यक्ष जब्बरबहादुर लामिछानेले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम राप्रपा जिल्ला समिति बागलुङका प्रवक्ता सुदर्शन पन्तले सञ्चालन गर्नु भएको थियो ।

पूर्वन्यायाधिशको अध्यक्षतामा मानव अधिकार आयोग तथा नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोगको गठन, छानबिनको लागि गृहमन्त्रीको राजिनामा, चैत्र १५ गते प्रहरी दमनमा नेतृत्व गर्ने प्रहरी र प्रशासनिक नेतृत्वको निलम्बन, मृतक सबिन महर्जन र पत्रकार सुरेश रजकलाई शहीद घोषणा तथा उचित क्षतिपूर्तिको व्यवस्था, झुठठा मुद्दा खारेजी र बन्दिको रिहाई, घाइतेको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था र पार्टीले पेश गरेको चालिस बुँढे मागहरु प्रति नविन समझदारीको लागि वार्ता टोलीको माग गर्दै राप्रपा जिल्ला समिति बागलुङका अध्यक्ष सुरेन्द्र खड्का र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य सुदिप गौतमले प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङमार्फत प्रधानामन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung