
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल र म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (एमएएन) बीच सम्झौता भएको छ।
व्यवस्थापन संकायअन्तर्गत एमबीएमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान र प्रोत्साहन दिने उद्देश्यले एमएएन–सिटिजन्स एसपायरिङ म्यानेजर अवार्ड स्थापना गर्ने सहमति भएको हो।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एमएएनका अध्यक्ष मोहनराज ओझाले हस्ताक्षर गरे।
पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत एमबीएमा उत्कृष्ट अंक ल्याउने प्रतिभाशाली विद्यार्थीलाई यो पुरस्कार हरेक वर्ष वितरण गरिनेछ।पुरस्कारको रकम ५१ हजार रुपैयाँ हुनेछ।
बैंक पुरस्कारको प्रायोजक हुनेछ भने वार्षिक रूपमा पुरस्कारको रकम उपलब्ध गराउनेछ।
हाल बैंकले २०० शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ।