५ श्रावण २०८३, मंगलवार

 

एसियन लाइफको खुदा नाफा ५९.५१ प्रतिशतले बढ्यो

काठमाडौं। एसियन लाइफ इन्स्योरेन्सले  चालू आर्थिक वर्षको त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

यस अवधिमा कम्पनीले खुद नाफा ५९.५१ प्रतिशतले बढेर ३३ करोड ४७ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो नाफा २० करोड ९८ लाख थियो।

कम्पनीको खुद बिमाशुल्क २०.२ प्रतिशत र कुल आम्दानी ७.३५ प्रतिशतले बढेको छ। कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने ६.३४ प्रतिशतले घटेको छ।

कम्पनीको जीवन बिमा कोष ४२ अर्ब ९९ करोड रुपैयाँबाट बढेर ४६ अर्ब १९ करोड कायम भएको छ। गत वर्ष ८ रुपैयाँ २३ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी बढेर १३ रुपैयाँ १३ पैसा कायम भएको छ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ छ। कम्पनीले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन ४२ प्रतिशत हकप्रद सेयर पनि जारी गर्दै छ।

क्यापिटलबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung