
बागलुङ । आइसिटी फोरम पर्वत जिल्ला समितिको संयोजकमा विमल भण्डारी चयन भएका छन् । भण्डारीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मनहरि तिल्मिसिनाले जानकारी दिनुभयो ।
पछि पाँच सदस्य समितिले चयन गर्ने छ । समितिको सदस्यहरुमा मनोज कुँवर, दिपेन्द्र तिवारी, सन्दिप आचार्य, सलिना पाठक, गौरव सुवेदी, मदन कार्की, समृद्ध तिमिल्सिना, अनुप परियार, सिर्जना गौडेल, सुश्मिता विक र विराट तिवारी रहेका छन् ।
यो समितिले सूचना प्रविधिको क्षेत्रमा देखिएको चुनौती र सम्भावनाको बारेमा युवाहरुलाई प्रशिक्षित गर्ने, डिजिटल नेटवर्किङ गर्ने र अनलाइन माध्यमबाट युवाले आय आर्जनको लागि यस समिति नेतृत्व गर्ने समितिले जनाएको छ ।