५ श्रावण २०८३, मंगलवार

 

हिमालयन रि–इन्स्योरेन्सको साधारणसभा आह्वान, ४.७५ प्रतिशत लाभांश प्रस्ताव गर्ने

बागलुङ। हिमालयन रि–इन्स्योरेन्सले आगामी जेठ २५ मा वार्षिक साधारणसभा बोलाएको छ।

साधारणसभामा ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२४ प्रतिशत नगद गरी ४.७५ प्रतिशत लाभांश वितरण प्रस्ताव पेस गरिने कम्पनीले जनाएको छ।

साधारणसभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगदलगायत विवरणमाथि छलफल हुने कम्पनीको सूचनामा उल्लेख छ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गरिएको छ। कम्पनीले साधारणसभा प्रयोजनका लागि जेठ ११ मा बुक क्लोज गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung