४ श्रावण २०८३, सोमबार

 

कालिका भगवती मन्दिरमा ४७ लाख भेटी संकलन

बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपिठ बागलुङ कालिका भगवती मन्दिरमा वैशाख महिनाभर रु ४७ लाखभन्दा बढी भेटी संकलन गरेको छ ।

कालिका गुठी व्यवस्थापन समितिले हरेक महिना सार्वजनिक गर्ने आन्दानी र खर्च अनुसार वैशाख महिनामा रु ४७ लाख ५८ हजार ६२६ भेटी संकलन भएको जनाएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बैशाखमा मन्दिरमा रु ४७ लाख ५८ हजार ६२६ आम्दानी भएको बताउदै रु २२ लाख ७० हजार ८५० खर्च भएको बताउनुभयो ।

एक महिनामै मन्दिरले रु २४ लाख ८७ हजार ७७६ नाफा गरेको छ । मन्दिरले आन्तरिक श्रोतबाटै पूर्वाधार निर्माण, कर्मचारी व्यवस्थापन, प्रसाद तथा सुरक्षा व्यवस्थापनमा खर्च गर्दै आएको छ ।

मन्दिरमा भेटी संगै सटर भाडा समेत नियमित आम्दानीमा जोडिने खड्काले बताउनुभयो ।

मन्दिरमा भक्तजनले चढाएको भेटीबाट रु ३१ लाख ३१ हजार ५००, चामल बिक्रीबाट रु ८९ हजार २५०, बोकाको टाउको बिक्रीबाट रु एक लाख ४ हजार २००, कुखुराबाट रु १० हजार ६ सय, सटर भाडाबाट रु ३ लाख २४ हजार ५४०, विवाहबाट रु १५ हजार ५००, आर्थिक सहयोगमार्फत रु १ लाख १० हजार ७८६, परेवा बिक्रीबाट रु ९ लाख २५ हजार २२५, सिक्का सटहीबाट रु १६ हजार १ सय ५०,ब्रतबन्धबाट रु १ हजार ८०० र पण्डितबाट रु २९ हजार आम्दानी गरेको खड्काले जानकारी दिनुभयो ।

यस्तै, वैशाख महिनामा रु २२ लाख ७० हजार खर्च भएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

गुठीका कर्मचारीको तलबमा रु ५ लाख ३९ हजार, विद्युत खर्चमा रु ३५ हजार २५०, अतिथि सत्कारमा रु २ लाख ७० हजार, आर्थिक सहयोग र अक्षयकोषमा रु ४ लाख १० हजार, पूर्वाधार विकास तथा निर्माणमा रु ४ लाख २८ हजार ६००, पुजा खर्चमा रु ३ लाख ३३ हजार, खाद्यन्न तथा आवासमा रु ९६ हजार, सांस्कृतिक कार्यक्रम तथा भजनतर्फ रु १ लाख ५९ हजार खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung