३ असार २०८२, मंगलवार

 

हिमालयन लाइफ इन्स्योरेन्सको १७औँ वार्षिकोत्सवमा मानव सेवा आश्रमलाई खाद्यान्न सामग्री सहयोग

बागलुङ । हिमालय लाइफ इन्स्योरेन्स उप प्रादेशिक कार्यालय बागलुङले आफनो १७औँ वार्षिकोत्सव मनाएको छ । हिमालय लाइफ इन्स्योरेन्सले आफनो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा बागलुङ नगरपालिका-३ किनारा टोलस्थित मानव सेवा आश्रमलाई खाद्यान्न उपलब्ध गराएको हो ।

कार्यक्रममा हिमालय लाइफ इन्स्योरेन्स उप प्रादेशिक कार्यालय बागलुङ गण्डकी प्रदेशको उपप्रादेशिक प्रमुख बलराम गौतमले मानव सेवा आश्रमकी सञ्चालिका विपना तामाङलाई चामल, दाल, नुन, चिउरा, तेल, मसला लगायत दैनिक उपभोग्य वस्तुहरु हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै हिमालय लाइफ इन्स्योरेन्सका उप–प्रदेश प्रमुख बलराम गौतमले वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले आश्रमलाई सहयोग गरेको बताउनुभयो । आश्रममा ६४ जना लक्ष्मीनारायण तथा बालगोपालले आश्रय लिएर बसेका छन् ।

कार्यक्रममा हिमालय लाइफ इन्स्योरेन्स बागलुङ शाखा प्रमुख खिमलाल घिमिरे, बागलुङकी अप्रेसन ईन्चार्ज मनिषा भण्डारी, रेखा खड्का, लक्ष्मी थापा, कम्पनी एजेन्सी म्यानेजहरु, कुश्मा शाखाका प्रमुख बलाराम आचार्य, अप्रेसन ईन्चार्ज जिवन पोखरेल, बेनी शाखा प्रमुख रविनबहादुर जिसीको उपस्थिति रहेको थियो।कार्यक्रमको सञ्चालन मानव सेवा आश्रमकी सञ्चालिका विपना तामाङले गरेकी थिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung