२१ जेष्ठ २०८३, बिहीबार

 

एनईएका सदस्यलाई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा छुट

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल इञ्जिनियर्स एसोसिएसन (एनर्ईए) बीच व्यावसायिक सम्झौता भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनईएले विस्तारित बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता गरेको हो।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र एनईएका तर्फबाट अध्यक्ष ई। सुभाष चन्द्र बरालले हस्ताक्षर गरेका थिए। यो सम्झौतासँगै व्यावसायिक सेवा आरम्भ गरिएको छ।

सम्झौतामार्फत एनईएका सम्पूर्ण सदस्यलाई बैंकका विभिन्न सेवामा विशेष छुट हुने छ। सोही सम्झौताअनुसार एसोसिएसनका सदस्यलाई लक्षित गरी बैंकको २७५ वटा शाखामार्फत प्रोफेशनल बचत खाता खोलेर १० लाखको दुर्घटना बिमा सुविधासहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा र डेबिट(क्रेडिट कार्ड मोबाइल बैकिङ्गमा विशेष छुटको व्यवस्था रहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए।

यो सम्झौताबाट नेपाल इञ्जिनियर्स एसोसिएसनका सदस्यहरूले प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung