३१ जेष्ठ २०८२, शनिबार

 

नागरिक सञ्चार प्रालिको छैटौँ साधारण सभा सम्पन्न

बागलुङ । नागरिक सञ्चार प्रालिको छैटौँ साधारण सभा सम्पन्न शुक्रबार सम्पन्न भएको थियो । कार्यक्रममा नागरिक सञ्चार प्रा लिका माधव प्रसाद शर्माले अध्यक्षको मन्तव्य, सचिव मुकेशचन्द्र राजभण्डारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष निर्मलबहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए

। कार्यक्रममा सार्थक प्रकाशनका अध्यक्ष युक्त प्रसाद सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका सदस्य दयाराम पौडेल, नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखालले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सेयर सदस्य लालचन्द्र राजभण्डारी, श्याम प्रसाद श्रेष्ठ, इन्द्र कुमारी श्रेष्ठ, श्रीजय श्रेष्ठ, अमृत प्रसाद कँडेल, करिम दिन, सिद्धार्थ मिलन श्रेष्ठ, अर्जुन चोखाल, दयाराम पौडेल, राजबहादुर थापा, श्याम प्रसाद श्रेष्ठ, विदेश कुमार श्रेष्ठ, सचिन राजभण्डारी, बलराम गौतम, चुडामणि सापकोटा, प्रकाश राजभण्डारी, गणेश लम्साल, कुलराज शर्मा, शिव शंकर साह, सुस्मिता सापकोटा, सरोज कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रम नागरिक सञ्चार प्रालिका अध्यक्ष माधव प्रसाद शर्माको अध्यक्षता, कार्यसमिति सदस्य मनकाजि विश्वकर्माको स्वागत र सचिव मुकेशचन्द्र राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

विसं २०७३ सालमा नागरिक सञ्चार प्रालि मार्फत सञ्चालनमा आएको नयाँ विश्व पत्रिकाले पाठकको मन जित्न सफल भएको छ । नयाँ विश्वले सार्वजनिक महत्वको विषय, खोजमुलक सामग्री र गहन विषयमा आधारित विचार पस्कदै आएको छ । विभिन्न सरोकारवालाहरुले दिएको स्वच्छ सुझाव, आलोचना र सल्लाहलाई यसले सहर्ष स्वीकार्दैै आफूलाई परिर्वतन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung