बागलुङ । नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ बागलुङको कालिका भगवती मन्दिर व्यवस्थापन समितिले जेठ महिनाको मन्दिरको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गरेको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेको गुठीको बैठकले कालिका भगवती मन्दिरको जेठ महिनामा २८ लाख ८७ हजार १ सय २७ रूपैयाँ आम्दानी गरेको हिसाबकिताब सार्वजनिक गरेको छ ।
जेठ महिनामा मन्दिरले २८ लाख ८७ हजार १ सय २७ रुपैयाँ आम्दानी गरेको छ । जसमा भक्तजनले चढाएको भेटीबाट १७ लाख ५३ हजार ९ सय ३०, चामलबाट ४२ हजार ६ सय, बोकाको टाउको विक्रीबाट ७७ हजार ७ सय, ५० कुखुराबाट ४ हजार ९ सय ५० रुपैयाँ आम्दानी भएको हो ।
भाडामा दिएको सटरबाट ३ लाख ९ हजार ५ सय ४० विवाहबाट ५ हजार, आर्थिक सहयोग मार्फत १ लाख २५ हजार ८ सय ७ रुपैयाँ, परेवा विक्रीबाट ५ लाख ५० हजार ७ सय ५० रुपैयाँ, पण्डितबाट १४ हजार ६ सय रुपैयाँ, राँगाबाट २ हजार २ सय रुपैयाँ आम्दानी भएको कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।
कालीका भगवती मन्दिर गुठी व्यवस्थापन समितिको जेठ महिनामा १५ लाख ८१ हजार ८ सय ५० रूपैयाँ खर्च भएको हिसाबकिताब सार्वजनिक गरेको छ ।
जेठ महिनामा गुठीका कर्मचारीलाई तलब रु ३ लाख ९० हजार रुपैयाँ, विद्युत खर्च ३१ हजार २ सय रुपैयाँ, अतिथि सत्कार १ लाख २६ हजार ५ सय रुपैयाँ, आर्थिक सहयोग ३० हजार रुपैयाँ , पूर्वाधार विकास तथा निर्माण ५ लाख २५ हजार रुपैयाँ , पुजा खर्च ३६ हजार रुपैयाँ , पोशाक ५० हजार रुपैयाँ, खाध्यान्न तथा आवास ७७ हजार ९ सय रुपैयाँ , यातायात भ्रमण ७५ हजार रुपैयाँ, इन्धन २६ हजार ७ सय रुपैयाँ, विज्ञापन ३ हजार रुपैयाँ र चैत्राष्ठमी मेलामा २ लाख खर्च भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।
जेठ महिनामा २८ लाख ८७ हजार १ सय २७ रूपैयाँ आम्दानी गरेको गुठीले खर्च तर्फ १५ लाख ८१ हजार ८ सय ५० रूपैयाँ खर्च गरि १३ लाख ५ हजार ३ सय २७ रूपैयाँ आम्दानी गरेको छ ।













































































































































































































