५ असार २०८२, बिहीबार

 

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच सम्झौता, अन्तरदेशीय भुक्तानीमा सहज

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच एनपीएस–एनसीएस, डोमेस्टिक कार्ड स्किम ९नेपालपे कार्ड० को प्रिन्सिपल मेम्बरसिप तथा नेपालपे क्यूआरमार्फत अन्तरदेशीय भुक्तानी सेवा संचालन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत डा। इन्द्रकुमार कट्टेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

हालै एनसीएचएलले एनपीएस–एनसीएस पूर्वाधारको तयारी पूरा भएको घोषणा गरेसँगै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालकै स्वदेशी कार्ड स्किम ‘नेपालपे कार्ड’ को इस्युइङ र अक्वायरिङका लागि स्विच इन्टिग्रेट गर्न आग्रह गरेको थियो । सोही क्रममा एक्सेल डेभलपमेन्ट बैंकले नेपालपे पूर्वाधारमा आबद्ध हुँदै नेपालपे कार्ड जारी गर्न तथा कारोबार गर्नेछ ।

एनपीएस–एनसीएस एक केन्द्रिय कार्ड स्विचको रूपमा कार्य गर्दै विभिन्न कार्ड स्विचहरूबीच आबद्धता रहने बैंकले जनाएको छ । यस प्रणालीले डोमेस्टिक कार्ड कारोबारको राउटिङ र सेटलमेन्ट सहज बनाउने, कारोबार लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीन प्रविधिको प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

सम्झौता अनुसार, नेपालपे क्यूआर तथा यसको इन्टरओपरेबल क्यूआरमार्फत अब अलिपे प्लस नेटवर्क प्रयोग गरेर अन्तरदेशीय भुक्तानी गर्न सकिनेछ ।

यसका माध्यमबाट चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, स्वीडेन, इटली, अष्ट्रिया, जर्मनीलगायतका देशबाट नेपाल आएका पर्यटकहरूले सजिलै भुक्तानी गर्न सक्नेछन् ।

अलिपे प्लस नेटवर्कमा हाल ६६ ग्लोबल बजार अन्तर्गत ३० भन्दा बढी इस्युइङ्ग उपकरण, ३०० भन्दा बढी अक्वायरिङ्ग नेटवर्क तथा ९ करोडभन्दा बढी व्यापारी आबद्ध रहेका छन् ।

एनसीएचएलले हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पेमेन्ट सर्भिस अपरेटर ९पीएसओ० र पेमेन्ट सर्भिस प्रोभाइडर ९पीएसपी० तथा १०० भन्दा बढी गैर(बैंकिङ सदस्यलाई राष्ट्रिय भुक्तानी प्रणालीमार्फत सेवा प्रदान गर्दै आएको छ ।

नेपालपे कार्ड र एनपीएस–एनसीएस प्रणालीको प्रभावकारी कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।अग्रणी विकास बैंकमध्ये एक मानिने एक्सेल डेभलपमेन्ट बैंकले हाल देशभर ४७ शाखा र ३ एटीएममार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung