१९ जेष्ठ २०८३, मंगलवार

 

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई हिल्टनमा विषेश छुट

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहक वर्गहरूलाई काठमाडौंस्थित हिल्टन होटेलमा विषेश छुट पाइने भएको छ।

नेपाल इन्भेष्टमेण्ट मेगा (एनआईएमबी) बैंक र हिल्टन होटेलबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहक वर्गलाई फुड एण्ड बेवरेजमा १० प्रतिशतसम्म छुट दिने भएको छ। छुट सुविधा पाउन ग्राहकले एनआईएमबीको डेबिटरक्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ।

ग्राहक वर्गहरूलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधा बैंकले दिँदै आएको छ। छुटका विवरण बैंकको आधिकारिक वेवसाइटमा उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung