४ श्रावण २०८३, सोमबार

 

उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा गोकुल प्रसाद कँडेल, विष्णु प्रसाद अधिकारी सहित ६ जना मनोनित

बागलुङ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका महासचिव गोकुल प्रसाद कँडेल बागलुङ उद्योग वाणिज्य संघको सदस्यमा मनोनित भएका छन् । साथै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका उपाध्यक्ष गगनबहादुर पुन मगर र प्रकाश प्रसाद शर्मा संघको आमन्त्रित सदस्यमा मनोनित भएका छन् ।

बुधबार बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यले उहाँहरुसहित छ जना व्यवसायीलाई  मनोनय पत्र प्रदान गर्नु भएको हो ।

बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष शाक्य नेतृत्वको टिमसँग मंगलबार भएको वार्तामा बागलुङ उद्योग वाणिज्य संघको १९औँ अधिवेशनको बेला भएको सहमति विपरित सदस्य र पदाधिकारी चयनमा भएको विषयमा गल्ती महसुस गरेपछि नयाँ ढंगले सहकार्य गर्ने टुंगो लागेपछि महासचिव कँडेलको नेतृत्वमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङले आफनो टिम पठाउने निर्णय गरेको नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो ।

संघमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङबाट उपसमिति सदस्यमा तेजेन्द्र परियार, दुर्गाबहादुर विक, लाल प्रसाद पुन मगर, हरि प्रसाद सापकोटा र महिला उद्यमीमा तृष्णा श्रेष्ठ सुन्दरी, जशोधा शर्मा र जालपा देवी शर्मालाई पठाउने सहमति भएको छ ।

साथै संघको कार्यसमिति सदस्यमा धौलागिरि जिप व्यवसायी समितिका पूर्व अध्यक्ष विष्णु प्रसाद अधिकारी, टिकाबहादुर थापा सुरज र आमन्त्रित सदस्यमा विष्णु कँडेल पनि मनोनित भएको बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung