बागलुङ । नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ बागलुङको कालिका भगवती मन्दिर व्यवस्थापन समितिले असार महिनामा मन्दिरको आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गरेको छ ।
मन्दिर व्यवस्थापन समितिको बैठकले कालिका भगवती मन्दिरको असार महिनाको आम्दानी १८ लाख ५२ हजार ६७ रूपैयाँ आम्दानी १७ लाख ८५ हजार ४ सय ३५ रूपैयाँ खर्च कट्टा गरि ६६ हजार ६ सय ३२ रूपैयाँ आम्दानी गरेको हिसाबकिताब सार्वजनिक गरेको छ ।
असार महिनामा मन्दिरले २८ लाख ५२ हजार ६७ रूपैयाँ आम्दानी गरेकोमा भक्तजनले चढाएको भेटि बाट १० लाख ७८ हजार १ सय ३०, चामलबाट १५ हजार ३ सय, बोकाको टाउको विक्रिबाट ४४ हजा र ५० कुखुराबाट ५ हजार ५ सय ५० आम्दानी भएको हो ।
सटर भाडा बाट २ लाख १० हजार २ सय विवाहबाट ५ हजार रुपैयाँ, आर्थिक सहयोग मार्फत ६४ हजार ४ सय ३७ रुपैयाँ, परेवा विक्रि बाट ४ लाख १४ हजार ५ सय ५० रुपैयाँ, पण्डित बाट ११ हजार ४ सय रुपैयाँ, ब्रतबन्ध बाट १२ सय रुपैयाँ, सिक्का सटही बाट २ हजार ३ सय आम्दानी भएको कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।
कालीका भगवती मन्दिर गुठी व्यवस्थापन समितिमा असार महिनामा १७ लाख ८५ हजार ४ सय ३५ रूपैयाँ खर्च भएको हिसाबकिताब सार्वजनिक गरेको छ ।
असार महिनामा गुठीका कर्मचारी लाई तलब ३ लाख ९० हजार विद्युत खर्च ३३ हजार ३ सय ८०, अतिथि सत्कार ८१ हजार, आर्थिक सहयोग १ लाख ४० हजार, पूर्वाधार विकास तथा निर्माण ८ लाख ८६ हजार, उपहार ७ हजार ५ सय, पोशाक ९९ हजार ६ सय, खाध्यान्न तथा आवास ७० हजार, यातायात भ्रमण १५ हजार, इन्धन २८ हजार ६ सय ५५, विज्ञापन १ हजार ५ सय, टेलिफोन इन्टरनेट ७ हजार ५ सय खर्च भएको कालीका भगवती गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो।
असार महिनामा १८ लाख ५२ हजार ६७ रूपैया आम्दानी गरेको गुठीले असार महिनामा खर्च तर्फ १७ लाख ८५ हजार ४ सय ३५ रूपैयाँ खर्च गरि ६६ हजार ६ सय ३२ रूपैयाँ आम्दानी भएको कोषाध्यक्ष खड्काले बताउनुभयो। कालीका भगवती गुठीले हरेक महिनाको हिसाबकिताब सार्वजनिक गर्दै आएको छ ।













































































































































































































