३ श्रावण २०८३, आईतवार

 

लिजेण्ड्स प्रोपर्टी र हिमालयन बैंकद्वारा काभ्रेको नयाँ गाउँमा वृक्षारोपण

बागलुङ। लिजेण्ड्स प्रोपर्टी र हिमालयन बैंकको संयुक्त आयोजनामा काभ्रेको वालुवा स्थित नयाँ गाउँ जग्गा विकास आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित यस कार्यक्रमले वातावरण संरक्षण र परियोजनाको सौन्दर्य वृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा हिमालयन बैंकका डीसीईओ अनुप मास्के, कर्पोरेट क्रेडिट प्रमुख सुनिल गोर्खाली, रिटेल क्रेडिट प्रमुख जयन्द्र बिक्रम शाह, बागमती प्रदेश प्रमुख शंकर जोशी, सूर्यबिनायक शाखा प्रमुख सुनिल सापकोटा तथा भक्तपुर, बनेपा र पनौती शाखाका प्रमुखहरूको उपस्थिति थियो।

त्यस्तै पाँचखाल नगरपालिकाका मेयर रमेश खरेल, वडा अध्यक्ष नारायण सापकोटा, लिजेण्ड्स प्रोपर्टीका सल्लाहकार पूर्वपर्यटन सचिव केदार बहादुर अधिकारी, प्रबन्ध निर्देशक रबिन चाम्लिङ राई, चिफ इन्जिनियर दिनेश पोखरेल, डाइरेक्टर राजाराम कुस्मा र राकेश भेले, इन्जिनियर भुबन कुस्मा, पदम बिष्ट, सर्भेयर रितिक रिमाल, सुदिप पाठकलगायत कर्मचारीको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै अनुप मास्केले लिजेण्ड्स प्रोपर्टीसँग सहकार्य गरेर वृहत वृक्षारोपण अभियान सञ्चालन गर्न पाउँदा गौरवको अनुभूति भएको बताउनुभयो । उहाँले जग्गा विकास परियोजनालाई व्यवस्थित बनाउन वृक्षारोपणले थप आकर्षण र हरियाली प्रदान गर्ने उल्लेख गर्नुभयो।

मेयर रमेश खरेलले नगरपालिकाको तर्फबाट व्यवस्थित शहर निर्माणका लागि आवश्यक सहयोग गर्न सदैव तत्पर रहने प्रतिबद्धता जनाउँदै, यस्तो अभियानले स्थानीय बासिन्दा र वातावरण दुवैलाई लाभ पुर्‍याउने बताउनुभयो ।

वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै लिजेण्ड्स प्रोपर्टी र हिमालयन बैंकले वातावरणीय संरक्षण र समुदाय विकासमा आफ्नो सक्रिय भूमिका निरन्तर निभाउने प्रतिबद्धता जनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung