बागलुङ। जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्ट अवार्ड, २०२५’ सम्पन्न भएको छ। द सोल्टी काठमाडौँमा चलेको कार्यक्रम ‘लायन वर्षस् लिड, रोअर, रिपिट’ नाराका साथ सम्पन्न भएको हो।
उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने ४४० एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीको उपस्थिति थियो। पानसमा दीप प्रज्वलन गरी कम्पनीका संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको समुद्घाटन गर्नुभयो।।
कार्यक्रममा बोल्दै संचालक समितिका सदस्य अग्रवालले आ.व. २०८१/८२ मा कम्पनीले प्रथम बिमा शुल्कमा ऐतिहासिक १० अर्बको कोसेढुंगा पार गरेकोमा सम्पूर्ण अभिकर्ता र कर्मचारीलाई बधाई तथा धन्यवाद प्रकटगर्नुभयो।
कार्यक्रममा बोल्दै संचालक विमल प्रसाद ढकालले गत आ.व.मा गरेको उत्कृष्ट प्रदर्शनका निम्ति सम्पूर्ण अभिकर्ता तथा कर्मचारीलाई धन्यवाद ज्ञापन गरे। आर्थिक मन्दीबीच उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफको अभिकर्ता अब्बल रहेको बताउनु भयो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना दिनुभयो। कार्यक्रममा सम्बोधन गर्दै उहाँले अभिकर्ताहरुलाई गत आ.व. को कार्य सम्पादनको लागि धन्यवाद र चालु आ.व. को व्यापार लक्ष्य पूरा गर्न सुरुदेखि दत्तचित्त भई कार्य गर्न आह्वान गर्नुभयो।
कार्यक्रममा बोल्दै कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले २०८१/८२ को व्यावसायिक लक्ष्य प्राप्तिमा सहयोग गर्ने सम्पूर्ण अभिकर्ता, सेल्स टिमका महानुभावहरू तथा समस्त कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो।
कम्पनीले गत वर्ष आफूलाई थप सबल बनाउन संरचनात्मक परिवर्तनहरू गरेको, सोले सेवा प्रवाह थप चुस्त दुरुस्त भएको र यसले व्यवसाय गर्न सहज भएको बताउनु भयो।
कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट १११ र व्यक्तिगत कोडतर्फबाट उत्कृष्ट ३२९ अभिकर्तालाई सम्मान गरिएको थियो। कार्यक्रममा सम्मानको साथ साथै ९६ जनालाई सम्राट पदक, ८७ जनालाई रत्न पदक र २५७ जनालाई समृद्धि पदकबाट सम्मानित गरिएको थियो।
त्यस्तै एजेन्सी मेनेजरतर्फबाट क्रमश नेपाल प्रथम, द्वितीय र तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट र बसन्ती शर्मा, तथा व्यक्तिगत कोडतर्फबाट क्रमश नेपाल प्रथम, द्वितीय र तृतीय हुने सुमित्रा भट्ट, अर्बिन राजवंशी र आयुष कुँवरलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो।
















































































































































































