२० जेष्ठ २०८३, बुधबार

 

सिटिजन्स बैंकले सवा एक अर्ब खुद नाफा कमायो

बागलुङ। सिटिजन्स बैंक इन्टरनेशनलले एक अर्ब २९ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ।

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशितमा यस्तो नाफा गरेको हो।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०८ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष बैंकले एक अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी ११.२० प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १९.७४ प्रतिशत बढेको बैंकले जारी गरेको विवरणमा उल्लेख छ।

बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १५.१३ प्रतिशत बढेको छ। सञ्चालन मुनाफा २.३२ प्रतिशत घटेको छ।

बैंकको खराब कर्जा ४.१० प्रतिशतबाट बढेर ४.९४ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी १९ पैसा घटेर ८ रुपैयाँ ७६ पैसा रहेको छ।

प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा रहेको छ। सो अवधिसम्ममा ७७ करोड ५४ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ २५ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung