१९ भाद्र २०८३, शुक्रबार

 

आईएमई लाइफ इन्स्योरेन्सद्वारा वार्षिकोत्सवको उपलक्ष्यमा विद्यालयलाई खाद्यान्न सहयोग

बागलुङ। आईएमई लाइफ इन्स्योरेन्सको आठौँ वार्षिकोत्सवको उपलक्ष्यमा विद्यालयलाई खाद्यान्न सहयोग गरिएको छ ।आइतबार आईएमई लाइफ इन्स्योरेन्स बागलुङ शाखाले बागलुङ नगरपालिका ४ उपल्लाचौर स्थित बागलुङ विशेष बाल कक्षा आधारभूत विद्यालयलाई दश हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको हो ।

कार्यक्रममा बागलुङ नगरपालिका-४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री  र राष्ट्रिय सुस्त मनस्थिति कल्याण संस्था बागलुङकी सभापति विद्या खड्काले मन्तव्य व्यक्त गरेका थिए ।

आईएमई लाइफ इन्स्योरेन्सकी शाखा प्रमुख ईन्द्रा शर्मा सापकोटाले जिवन विमाको महत्व र विमाले जोखिम न्युनिकरण गर्ने भएकोले विमाबाट लाभ लिन र यस बारेमा सबै जना सचेत हुनु पर्ने बताइन् ।

कार्यक्रम बागलुङ विशेष बाल कक्षा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठको अध्यक्षता, राष्ट्रिय सुस्त मनस्थिति कल्याण संस्था बागलुङका उपसभापति हिराबहादुर केसीको स्वागत र बागलुङ विशेष बाल कक्षा आधारभूत विद्यालयका प्रधानाध्यापक युक्त जंग राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung