२ श्रावण २०८३, शनिबार

 

नेपाली सेनामा अधिकृत क्याडेट पदका लागि २८० जनाको भर्ना खुला

बागलुङ । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि नयाँ भर्ना खुला गरेको छ।

भर्ना छनौट निर्देशनालयले आज सार्वजनिक गरेको सूचनाअनुसार कुल २८० जनाको दरबन्दीमा आवेदन आह्वान गरिएको हो।खुला प्रतिस्पर्धातर्फ १४६ जनाका लागि दरबन्दी छुट्याइएको छ भने सैनिक तालिम वा कर्तव्य पालनाको क्रममा मृत्यु भएका तथा शारीरिक रूपमा अशक्त सैनिकका सन्ततिका लागि १४ जनाको कोटा निर्धारण गरिएको छ।

त्यस्तै, महिलाका लागि २४, आदिवासी जनजातिका लागि ३८, दलितका लागि १८ तथा पिछडिएको क्षेत्रका लागि ६ जनाको आरक्षण व्यवस्था गरिएको छ।

दरखास्त भदौ ६ गतेदेखि असोज ४ गतेसम्म दिन सकिनेछ। दरखास्त दस्तुर एक हजार रुपैयाँ तोकिएको छ। असोज ५ गतेदेखि ११ गतेसम्म दोब्बर दस्तुर तिरेर पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

नेपाली सेनाले योग्य तथा इच्छुक उम्मेदवारहरूलाई तोकिएको समयभित्र आवेदन दिन आग्रह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung