३ श्रावण २०८३, आईतवार

 

नाच्नेडाँडा संरक्षण समाज मल्मद्वारा ललिता थापा सम्मानित

बागलुङ । नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा नाच्नेडाँडा संरक्षण समाज, गलकोट, मल्मले महिला जागरण केन्द्र, मल्मकी अध्यक्ष  तथा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बागलुङकी अध्यक्ष ललिता थापालाई सम्मान गरेको छ ।

सामाजिक सेवाका साथै महिला सशक्तिकरणमा पुर्याएको योगदान स्वरुप गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवी र नाच्नेडाँडा संरक्षण समाजकी अध्यक्ष सविता शर्मा मरासिनिले थापालाई सम्मानपत्रले सम्मान गरेको हो । थापा महिला जागरण, मानविय, सामाजिक क्षेत्र र उद्योगी, व्यवसायीको हकहितमा क्रियाशिल छिन् ।

कार्यक्रममा गलकोट नगरपालिका-७ मल्मका अध्यक्ष राजबहादुर थापा र गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नाच्नेडाँडा संरक्षण समाजकी अध्यक्ष सविता शर्मा मरासिनिको अध्यक्षता र सचिव कोपिला थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung