३ श्रावण २०८३, आईतवार

 

अतृप्त रहनु, अज्ञानी रहनु

आज म तपाईहरुलाई मेरो जीवनका तीन वटा कथा सुनाउन चाहन्छु । पहिलो कथा जीवनका विभिन्न विराम वा विश्राम सित जोडिएको छ । पहिलो ६ महिना पुरा नहुँदै मैले रिड कलेजको अध्ययन छोडेँ । पुर्ण रुपमा अध्ययन छोड्नुअधि १८ महिनासम्म त्यस कलेजमा मेरो आवतजावत कायमै थियो । अब प्रश्न उठ्छ , मैले किन अध्ययन छोडेँ ?

यसको थालनी म जन्मनुअघि नै भइसकेको थियो । मेरी आमा अविवाहित हुँदै मलाई जन्माउनु भयो । उहाँ कलेजको स्नातक तहमा अध्ययनरत् युवती हुनुहुन्थ्यो । मलाई कुनै स्नातक दम्पत्तिको धर्मपुत्र बनाऊन् भन्ने उहाँमा बलियो इच्छा थियो । म जन्मेपछि एक वकिल र उहाँकी धर्मपत्नीले ग्रहण गर्नुहुन्छ भन्ने कुरामा सहमति भइसकेको थियो । पछि ती वकिलले छोरीलाई मात्र धर्म सन्तान बनाउने निधो गर्नुभयो । त्यसैले मेरो प्रतिक्षारत् भावी आमाबुबाले एउटा सन्देश टेलिफोनबाट प्राप्त गर्नुभयो , हामीले एउटा छोरा फेला पा¥यौँ , तपाईहरुले उसलाई स्वीकार गर्ने हो ? उनीहरुले भने भइहाल्छ नि ।

मलाई जन्म दिने आमाले पछि थाहा पाउनु भयो , मेरो भावी आमाले कुनै कलेज उतीर्ण गरेकी छैनन् । मेरो हुनेवाला बुवाले पनि कुनै माध्यमिक स्कुल पुरा गरेका छैनन् । त्यस कारण उहाँले धर्मपुत्र लिनदिन तयार पारिएका कागतमा हस्ताक्षर गर्न लामो समयसम्म अस्वीकार गर्नुभयो । तर मेरो हुनेवाला बुवाले मलाई कलेजसम्मको शिक्षा दिलाउन कसम नै खाएपछि बल्ल उहाँले कागजमा हस्ताक्षर गर्नु भएछ ।

१७ वर्षपछि म कलेजमा पुगेँ । म जीवनमा के गर्न चाहन्छु भन्ने मलाई थाहा थिएन, जस्तो कि धेरै कलेज पुगेका विद्यार्थीहरुलाई यो कुरा थाहा हुदैँन । मेरो कलेजले मेरो भविष्य बनाउन मलाई कसरी सघाउँछ भन्ने पनि बुझेको थिइन । त्यहाँ म मेरा आमा बुवाले आफ्नो सम्पुर्ण जीवनमा आर्जन गरेको सम्पत्ति उडाउँदै थिएँ ।

त्यसैले मैले आफ्नो बाटो आफै बनाउने निश्चयका साथ अध्ययन छाड्ने निर्णय लिएँ । त्यो बेला निकै भययुक्त निर्णय थियो तर फर्केर हेर्दा , मैले लिएका सबैभन्दा राम्रा निर्णयमध्ये त्यो एउटा थियो । जुन क्षण मैले अध्ययन छाडेँ , मैले जानुपर्ने तर मन नपर्ने कक्षाहरुलाई मैले तत्कालै छोड्न पाएँ । र । जुन कक्षा मन पथ्र्यो , त्यसमा जान थाले ।

आफ्ना जिज्ञासा र अन्तरअनुभुतिको अनुशरणबाट जुन व्यवधानको अनुभव मैले गरेको थिए , पछि त्यो मेरो लागि अमुल्य सिद्ध भयो । एउटा उदाहरण तपाईहरु समक्ष राख्छु । रिड कलेजले सायद त्यतिबेला यो मुलुकमा सबैभन्दा राम्रो लेखन सिकाउने गरेको थियो । क्याम्पसभरि हरेक पोस्टर , दराजका हरेक ड्रअरका लेबलहरुलाई राम्रा अक्षरले लेखिएको हुन्थ्यो । मैले कक्षा छोडिसकेकाले सामान्य कक्षामा जानुपर्ने आवश्यकता मलाई थिएन ।

क्यालिग्राफी कक्षामा जाने निधो गरे र त्यसबाट मैले टाइपका अक्षर माथि र तल रहेका छोटा रेखाहरुको विषयमा सिकेँ । साथै, क्यालिग्राफिलाई सुन्दर बनाउने विभिन्न अक्षर समुहबीचका दुरीहरुको विषयमा पनि गहिरो गरी बुझेँ । विज्ञानले यसलाई ठम्याउन नसक्ने गरी यो सुन्दर , ऐतिहासिक र कलात्मक थियो , यसकारण यसलाई मैले मनमोहक पाएँ ।

मेरो जीवनमा यी क्यालिग्राफिका अक्षरहरु प्रयोग हुन सक्छ भन्ने कसैले आशा गरेका थिएनन् , न त मैले पनि । तर १० वर्षपछि जब मैले म्याकिन्टोस कम्प्युटरको आकार निर्धारण गर्दै थिए , यी सबै सिकेका कुराहारु ममा फर्किए र यी सबैलाई मैले म्याकिन्टोसमा राखे । सुन्दर अक्षरयुक्त यो पहिलो कम्प्युटर भयो । मैले कलेजको त्यो एकल पाठ्यक्रम अध्ययन नगरेको भए म्याकिन्टोस कहिल्यै बहुआयामी टाइपका आकारयुक्त र समानुपातिक खाली स्थानयुक्त फन्ट हुने थिएन ।

साँच्चै , यी असम्बन्धित विश्रामहरु बीच तारतम्य देखिनु कलेज जीवनमा असम्भव थियो तर केही समयपछि फर्केर हेर्दा ती सबै स्पष्ट हुन जान्छन् । फेरि भविष्यबाट आउने घटना इंगित विश्रामहरुबीचको तारतम्य तपाई फर्केर हेर्दा मात्रै अनुभव गर्न सक्नुहुन्छ । त्यसैले तपाईले यसमा विश्वास गनुपर्छ विश्रामहरु भविष्यमा कुनै न कुनै किसिमले सम्बन्धित हुन सक्छन् ।

तपाईले कुनै न कुनैमा क्षमता , भाग्य , कर्म या यिनलाई अर्को जेसुकै नामले चिन्नुहोस् , विश्वास गर्नुपर्छ । यो दृष्टिकोणले मलाई कहिल्यै पनि पछाडि छोडेन , तल खसालेन र यसले मेरो जीवनमा सबैखाले परिवर्तन ल्यायो ।मेरो दोस्रो कथा मेरो प्रेम र हानी नोक्सानीका बारेमा छ । म भाग्यमानी थिएँ जीवनको सुरुमा जे गर्नुमा मलाई प्रेम थियो , त्यो मैले पाएँ ।

वज९एप्पलका अर्का संस्थापक० र मैले एप्पल को सुरुवात आफ्ना आमाबुबाको ग्यारेजबाट गरे । त्यतिबेला म २० वर्षको मात्र थिए । हामीले कडा परिश्रम ग¥यौँ । १० वर्षमा हामी दुई जनाबाट एउटा ग्यारेजबाट सुरु भएको एप्पल दुई सय करोड डलरको कम्पनीमा परिणत भयो , जहाँ चार हजार कर्मचारी कार्यरत छन् ।

जब म ३० वर्षको भएँ त्यसको एक वर्षअगाडि हामीले दोस्रो सुन्दर कम्प्युटर म्याकिन्टोस सार्वजनिक ग¥यौँ र जुन कम्पनी मैले सुरु गरेको थिए ,त्यहाबाट म निकालिएँ । एप्पलको विकास भएपछि हामीले एक जनालााई तीव्र बुद्धि भएको ठानेर यसले मेरो साथमा यस कम्पनीलाई राम्ररी चलाउन सक्छ भनेर नियुक्त ग¥यौँ ।

करिब एक वर्षसम्म राम्ररी काम भयो तर हाम्रो भविष्यप्रतिको दृष्टिकोण फरक हुन थाल्यो र संयोगवश हामीबीच विवाद उत्पन्न भयो । हाम्रो बोर्डका निर्देशकहरुले उसलाई साथ दिए । अन्ततः ३० वर्षको उमेरमा म आफैले स्थापित गरेको कम्पनीबाट बाहिरिएँ । र , पुरै सार्वजनिक रुपमा बाहिरिए । युवा हुञ्जेल यसो गरुला भनेर साचिएका कतिपय कुराहरु पुरै मबाट खोसिएको अवस्था र यो मेरो लागि जीवनकै सबैभन्दा नारकीय अवस्था थियो ।

केही महिनासम्म अब के गर्ने होला भन्ने सोच्नै सकिन । म एउटा पुर्ण सार्वजनिक असफल व्यक्ति भए र यसबाट भाग्नेबारे पनि सोचेको थिएँ । तर, विस्तारै मेरो दिमागमा केही फुर्न थाल्यो । मैले जे गरेको थिए , त्यो मलाई मन पथ्र्यो । मलाई बाहिर फालिएको थियो । तर त्योसित मलाई प्रेम थियो । र मैले फेरि त्यसको थालनी गरे ।

त्यसबेला मैले यो सोच्न सकेको थिइन , एप्पलबाट मेरो निष्काशन मेरा लागि सबैभन्दा राम्रो कुरा थियो । जुन पछि त्यो राम्रो रुपमा परिणत हुन्छ भन्ने मलाई लागेको थिएन । मेरो सफलताको गम्भीरताले एउटा सिकारुको हलुकामनले विस्थापित गर्दै मलाई प्रत्येक पक्षमा पुर्ण विश्वासी हुन नसक्ने व्यक्ति बनायो ।

यसले मलाई मेरो जीवनको सबैभन्दा बढी क्रियाशील अवस्थामा पुग्ने बनायो । अर्को पाँच वर्षमा मैले नेक्स्ट भन्ने कम्पनी सुरुवात गरे । पिक्सार नामक अर्को कम्पनीमा रहँदा एउटी आकर्षक महिलासँग प्रेममा परे , जो पछि मेरी श्रीमती बन्न पुगिन् । पिक्सारले कम्प्युटरद्धारा निर्मित विश्वको प्रथम एनिमेटेड फिचर फिल्मको थालनी ग¥यो ।

बालबालिकाले खेल्ने खेनौनाका कथा बताउँदै यो कम्पनी विश्वको सबैभन्दा सफल एनिमेशन स्टुडियोका रुपमा स्थापित भयो । घटनाको स्पष्ट परिवर्तनका रुपमा एप्पल कम्पनीले नेक्स्ट कम्पनी किन्यो र म एप्पल कम्पनीमा फर्के । नेक्स्टमा जुन प्रविधि हामीले विकास गरेका थियौ , त्यो आज एप्पलको आधुनिक पुनर्जागरणको मुटुका रुपमा स्थापना भएको छ । मेरी श्रीमती लेरेन र म एउटा अद्भुत परिवारका रुपमा छौ ।

मेरो दृढ विश्वास छ , एप्पलबाट बहिर्गमन नभएको भए ममा यी सबै घटना यस रुपमा हुने थिएनन् । कहिलेकाहि जीवनले तपाईको टाउकोमा इँटाले हान्छ , त्यतिबेला आफुमाथिको विश्वास नगुमाउनुहोस् । म यसमा विश्वस्त छु , मलाई जीवनमा एउटै कुराले गति प्रदान ग¥यो र त्यो हो , मेरो कामप्रतिको प्रेम ।

तपाईले पनि यो खोज्नु पर्छ , तपाईको प्रेम केमा छ रु यो तपाईका लागि पनि उत्तिकै सत्य हो , जत्तिको सत्य तपाईको प्रेमीका लागि हो । तपाईको काम तपाईको जीवनको एउटा ठुलो अशंलाई पुरा गरेको हुन्छ ,र साचो रुपमा सन्तुष्ट हुने एउटा बाटो हो । त्यो काम जसलाई तपाईले ठुलो ठान्दा हुन्छ र सबैभन्दा ठुलो कामको बाटो आफुले गरेको कामप्रतिको प्रेम गर्नु पनि हो ।

अहिलेसम्म तपाईले यो पाउनुभएको छैन भने खोजीमा लागि रहनुस् र शान्त भएर नबस्नुस् । हृदयका सबै कुराजस्तै त्यो प्राप्त भएपछि तपाईलाई थाहा हुन्छ र कुनै ठुलो सम्बन्धजस्तै यो पनि उत्तिकै राम्रो समय बित्ने क्रममा हुँदै जान्छ । अत ःजबसम्म त्यसको प्राप्ति हुँदैन , तबसम्म प्रतिक्षामा बस्नुहोस् तर स्थिर भएर नबस्नुहोस् मेरो तेस्रो मृत्युको सम्बन्धमा छ ।

जब म १७ वर्षको थिएँ,मैले एउटा उदाहरण पढेको थिएँ,जुन झण्डै यस प्रकारको थियो,तपाईले प्रत्येक दिनलाई आफ्नो जीवनको अन्तिम दिनजस्तो गरी बिताउनुभयो भने एक दिन तपाई निश्चित रुपमा सही हुनुहुन्छ । यसको प्रभाव ममाथि प¥यो । ममा ३३ वर्षदेखि यसको प्रभाव छ ।

मैले प्रत्येक दिन बिहान ऐनामा हेर्दै आफुसित सोध्दै आएको छु , आजको दिन मेरो जीवनको अन्तिम दिन हो भने मैले जुन काम आज गर्न खोजेको छु , त्यो नै गर्छु । र त्यही गर्न खोजिरहेको छु कि छैन भन्ने प्रश्न जबसम्म रहिरहन्छ , त्यो बेला मलाई थाहा हुन्छ , केही परिवर्तनको आवश्यकता छ

।करिब एक वर्षअघि मलाई क्यान्सर भएको पुष्टि भयो । मेरो स्क्यानिङ बिहान साढे सात बजे भयो र यसले मेरो प्याङ्क्रियाजमा मासु बढिरहेको छ भन्ने स्पष्ट देखायो । डाक्टरहरुले मलाई भने , यो एक खास किसिमको क्यान्सर हो । यो निको हुँदैन । र तीनदेखि ६ महिनाभन्दा बढि समयसम्म बाँच्ने आशा तपाई नराख्नुहोस् ।

ती डाक्टरले ठम्याइसित म दिनभरि बसे । तेस्रो दिन अबेर साँझपख मेरो मासुको जाँच गरे । यसबाट थाहा भयो भने यो एक खास किसिमको प्याङ्कृयाजको क्यान्सर हो , जो शल्य चिकित्साबाट निको हुन सक्छ । मेरो शल्यचिकित्सा भयो र आज पनि म स्वस्थ छु । मैले मृत्युलाई निकट रुपमा सामना गरेको थिए र म आशा गर्छु यो मेरो जीवनका आउँदा केही दशकहरुमा निकट रहनेछ ।

यस्तो अवस्थामा बाँचेपछि म तपाईलाई निश्चित रुपमा के भन्न सक्छु भने मृत्यु उपयोगी थियो तर एकदमै बौद्धिक विचारको रुपमा । कुनै पनि व्यक्तिहरु पनि मर्न चाहदैनन् ।जसले मरेर स्वर्ग पुगिन्छ भनेर आश्वासन दिन्छन् त्यस्ता व्यक्तिहरु पनि मर्न चाहदैनन् । तर पनि मृत्यु सबैको समान गन्तव्य हो ।

कसैले पनि यसलाई छल्न पाएको छैन र यो उसै रुपमा छ, जुन रुपमा हुनुपर्छ । सम्भाव्य मृत्यु जीवनको सम्भवतःएक मात्र सबैभन्दा राम्रो आविष्कार हो । यो जीवनको परिवर्तनको कारक तत्व हो ।यसले पुरानोलाई हटाएर वा सफा पारेर नयाँ मार्ग प्रशस्त गर्छ । अहिले तपाई नै नयाँ हुनुहुन्छ तर कुनै दिन तपाई पुरानो भइसक्नु हुन्छ। तपाईको समय सीमित छ ।

तसर्थ अर्काको जीवन बाँचेर व्यर्थमा समय बर्वाद नगर्नुहोस् , कुतर्कमा नफँस्नु होस् । कुतर्क अरुको सोचको परिणाम हो । आफ्नो भित्रको आवाजलाई अर्काको विचारले होहल्लामा नडुबाउनुहोस् र मुख्य रुपमा आफ्नो हृदय र अन्तरआत्मलाई पालना गर्ने साहस राख्नुहोस् ।, तपाई सत्य रुपमा के बन्न चाहनु हुन्छ । अन्य वस्तु गौण छन् ।

जब म युवा थिए, त्यतिबेला द होल अर्थ क्याटलग नामक आकर्षक पुस्तक थियो । स्टेवार्ड ब्रेन नामक व्यक्तिको त्यो रचनाले यसलाई अमरत्व प्रदान गरेको थियो । यो ३५ वर्षपछि आएको गुगलजस्तो सिर्जना थियो तर पुस्तकका रुपमा ।

यो पुस्तकको अन्तिममा थियो, कुनै गाँउको बिहानी सडकको फोटो र त्यो फोटोको मुन्तिर लेखिएको थियो स्टे हङ्ग्री स्टे फुलिस अर्थात अतृप्त रहनु, अज्ञानी रहनु । त्यसले मलाई ठुलो प्रभाव पारेको छ । म पनि आफ्ना लागि त्यहि कामना गर्छु अतृप्त बस्छु भलै अज्ञानी ठानियूँ। र , अब जब तपाईहरु स्नातक भइसकेपछि नयाँ जीवन सुरु गर्नुहुन्छ । तपाईहरुका लागि म पनि त्यही चाहन्छु अतृप्त रहनुस्, अज्ञानी रहनुस् ।

(स्टिभ जब्सले अमेरिकाको प्रसिद्ध स्ट्यानफोर्ड विश्वविद्यालयको दीक्षान्त समारोहमा जुन २, २००५मा नवस्नातकहरुसमक्ष दिएको बहुचर्चित भाषण ।)

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung