४ श्रावण २०८३, सोमबार

 

जेनजी आन्दोलनबाट क्षतिग्रस्त सम्पत्तिको २१ करोड ७४ लाख हिमालयन एभरेस्टद्वारा भुक्तानी

बागलुङ। हिमालयन एभरेस्ट इन्स्योरेन्सले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरूको दाबी भुक्तानी प्रक्रियालाई तीव्रता दिँदै हालसम्म झण्डै २२ करोड रुपैयाँ भुक्तानी गरेको छ।

कम्पनीका अनुसार बिमा भई क्षतिपूर्ति दाबी गरिएका २८७ वटा दाबीमध्ये हालसम्म २४५ वटा दाबी बापत २१ करोड ७४ लाख ४५ हजार ८ सय ३१ भुक्तानी भइसकेको छ। उक्त रकम आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरूको अग्रिम तथा अन्तिम दावी भुक्तानी बापत रहेको कम्पनीले स्पष्ट पारेको छ।

दाबी विभाग प्रमुख रोज राज लुइटेलले नियामकीय प्रावधानभित्र रही सरल र सहज दाबी भुक्तानीका लागि कम्पनी प्रतिबद्ध रहेको बताए। हिमालयन एभरेस्ट इन्स्योरेन्सले विषम परिस्थितिलाई ध्यानमा राख्दै बिमित ग्राहकको सुविधा र आर्थिक राहतका लागि यो शीघ्र भुक्तानी प्रक्रिया अघि बढाएको हो।

उच्च प्राथमिकताका साथ भइरहेको यो दाबी भुक्तानी कार्य २१ गते मंगलबारबाट पुनः यथावत रूपमा सञ्चालन हुने कम्पनीले जनाएको छ।

क्षतिपूर्तिको दावी भुक्तानी पाउन बाँकी रहेका बीमितहरूलाई आवश्यक कागजात र प्रक्रिया पुर्‍याई कम्पनीको नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न पनि इन्स्योरेन्सले अनुरोध गरेको छ। साथै, कम्पनीले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung