काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएको तोडफोडबाट निर्जीवन बिमा कम्पनीहरूमा परेको दाबीमध्ये एक अर्ब २९ करोड रुपैयाँ दाबी भुक्तानी भएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार असोज २२ गतेसम्ममा अग्रिम भुक्तानी समेत गरी कम्पनीहरूले एक अर्ब २९ करोड १९ लाख भुक्तानी गरेका हुन् ।
निर्जीवन बिमा कम्पनीहरूले क्षतिको मूल्याङ्कनका लागि बुधबारसम्ममा दुई हजार ७०६ जना बिमा सर्भेयर परिचालन गरेका छन् । हालसम्ममा सर्भेयरहरूले ३७४ को संख्यामा सर्भे प्रतिवेदन पेश गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार असोज २२ गतेसम्ममा बिमा कम्पनीहरुमा २३ अर्ब २२ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । प्राधिकरणका अनुसार विभिन्न १४ वटा निर्जीवन बिमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा तीन हजार ९९ वटा बिमा दाबी परेको छ ।













































































































































































































