३ श्रावण २०८३, आईतवार

 

कालिका भगवती गुठीद्वारा मानवसेवा आश्रमको महायज्ञलाई ३२ लाख प्रदान

बागलुङ । मानवसेवा आश्रम बागलुङको भवन निर्माण गर्न कालिका भगवती गुठीले रु ३२ लाख २० हजार  प्रदान गरेको छ । कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्का र उपाध्यक्ष निशान खड्काले उक्त रकम प्रदान गर्नु भएको हो ।

आश्रमको भवन बनाउने र कोष निर्माण गर्ने पवित्र उद्देश्यका साथ सुरु भएको महायज्ञलाई सफल बनाउन शनिबार आर्थिक सहयोग हस्तान्तरण गरेको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले नयाँ विश्वलाई बताउनुभयो । उक्त रकम कालिका भगवती मन्दिरले २०७९ देखि २०८१ असोजसम्म पार्किङ स्थलबाट संकलन गरेको रकम हो ।

बागलुङ नगरपालिका–४ निरयघाटमा आश्रमको निर्माणाधीन भवन चैत्र मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित कात्तिक २१ गतेदेखि महायज्ञ सुरु भएको छ ।

महायज्ञ कार्तिक २८ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजक समितिका सचिव युक्त प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

महायज्ञबाट संकलित रकम भवन निर्माण र अक्षयकोष श्रीवृद्धिमा लगानी गरिने आश्रमका अभिभावक सरिता गौतमले बताउनुभयो । महायज्ञको कथा वाचन भागवत् भास्कर कमलनयन गौतमले गर्नु भएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung