४ श्रावण २०८३, सोमबार

 

जेनजी आन्दोलनको क्षतिमा साढे २३ अर्बको बीमा दाबी, ३ अर्ब ६८ करोड भुक्तानी

बागलुङ। हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरुमा परेको कूल बीमा दाबी करिव २३ अर्ब ४६ करोड ९१ लाखमध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव ३ अर्ब ६८ करोड ४१ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी भएको छ ।

प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९३ वटा दाबी परेको थियो ।

सम्पत्ति बीमातर्फ दाबी परेको करिव १९ अर्ब ४ करोड ९ लाखमध्ये करिव २ अर्ब ९२ करोड ८६ लाख र मोटर बीमातर्फ २ हजार २९० वटा दाबीको दाबी रकम करिव ३ अर्ब ४७ करोड ७ लाखमध्ये करिव ६८ करोड ६१ लाख भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको करिव ५४ करोड ७५ लाख दाबी रकममध्ये करिव ६ करोड २३ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको करिव १ करोड ६८ लाख दाबी रकममध्ये करिव ४७ लाख र अन्य बीमातर्फ ४२ वटा दाबीको करिव ३९ करोड ३० लाख दाबी रकममध्ये करिव २३ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।

पुनर्बीमा कम्पनीबाट बीमकहरूलाई २ अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी

जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव २ अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी ९पेश्की० उपलब्ध गराएको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा परेको कूल २ हजार ८५७ वटा पुनर्बीमा दाबीको दाबी रकम करिव १५ अर्ब ८२ करोड ७० लाख रहेको अद्यावधिक तथ्याङ्क रहेको छ । आर्थिकन्यूजबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung