४ श्रावण २०८३, सोमबार

 

जन्म दिनमा छोरा अवनिशलाई बुबा डा.सन्दिप सापकोटाद्वारा १५ लाखको विमा उपहार

बागलुङ । बुबाले छोरालाई जन्म दिनको सुखद उपलक्ष्यमा विमा उपहार दिएको छ । धौलागिरि प्रादेशिक अस्पतालमा कार्यरत डा. सन्दिप सापकोटाले छोरा अवनिश सापकोटालाई जन्म दिनको उपलक्ष्यमा आइएमई बाल उज्ज्वल जिवन विमा उपहार दिएको हो

। अवनिश सापकोटालाई जन्म दिनको उपलक्ष्यमा शुक्रबार १५ लाखको जिवन विमा उपहार दिएको आइएमई लाइफ इन्स्योरेन्सकी शाखा प्रमुख ईन्द्रा शर्मा सापकोटाले नयाँविश्वलाई बताइन् ।

विमाले जोखिम न्युनिकरण गर्न र भविष्य सुनिश्चित हुने भएकोले छोराको विमा गरेको डा सन्दिर सापकोटाले बताउनुभयो ।

जिवन विमाको क्षेत्रमा आइएमई लाइफ इन्स्योरेन्स विमितको विश्वास कमाएको अग्रगामी कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung