४ श्रावण २०८३, सोमबार

 

शिखर इन्स्योरेन्सबाट वार्षिकोत्सवको अवसरमा कर्मचारी सम्मानित

बागलुङ। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ ।

उक्त अवसरमा कम्पनीमा २० वर्ष सेवा अवधि पुरा गरेका ११ जना कर्मचारीलाई सुनको सिक्का र १० वर्ष सेवा अवधि पूरा गरेका ३० जना कर्मचारीहरूलाई चाँदीको सिक्का सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा देशभर आयोजित रक्तदान कार्यक्रममा १४३९ युनिट रगत संकलन गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung