३ श्रावण २०८३, आईतवार

 

कालिका महिला विकास सहकारीको लैङ्गिक हिंसा अन्त्यका लागि सचेतना अभियान

बागलुङ । श्री कालिका महिला विकास सहकारी संस्थाले शुक्रबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ ।

प्रविधिको सहि प्रयोग गरौं लैङ्गिक हिंसाको अन्त्य गरौं भन्ने मूल नाराका साथ सहकारीका सेयर सदस्यहरुलाई महिला अधिकार, लैङ्गिक हिंसा र कानुनी उपचारको बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिका-४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, मानव अधिकारकर्मी लक्ष्मी जिसी कार्की, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रकाश पौडेल, अर्जुन विक, कालिका महिला विकास सहकारीकी सल्लाहकार पिंगला खड्का जिसी, सल्लाहकार तथा बागलुङ नगरकार्यपालिकाकी सदस्य धनमाया शर्मा, संस्थाका संस्थापक अध्यक्ष विष्णु कुमारी शर्मा विजुलाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम श्री कालिका महिला विकास सहकारीकी अध्यक्ष लक्ष्मी शर्माको अध्यक्षता, प्रबन्धक रञ्जता शर्माको स्वागत र सचिव खिल कुमारी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

२०५७ जेठ १९ गते स्थापना भएको कालिका महिला विकास सहकारी महिलाहरुको आर्थिक, सामाजिक विकासका साथै नेतृत्व विकासमा क्रियाशिल छ । यो सहकारीले दुई युवालाई पनि रोजगारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung