बागलुङ । गण्डकी प्रदेशसभाका पूर्वसदस्य इन्द्रलाल सापकोटाले सहकारी ऐनलाई उल्लंघन गरेर व्यक्तिवादी जनताको रकम दुरुपयोग गर्नेले सहकारी क्षेत्रलाई बदनाम बनाएको बताएका छन् । उहाँले जनताको सम्पत्ति खान पल्केकाहरुबाट सहकारी बचाउनुपर्ने बताए ।
गण्डकी प्रदेशकै जेठो सहकारीको रुपमा स्थापना भएर विभिन्न सहकारी मर्ज गरिसकेपछि बनेको कालीका सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारणसभा उद्घाटन गर्दै सापकोटाले नियम अनुसार कारोवार स्वस्थ्य भएन भने जनताको बचत हिनामिना हुने बताउनुभयो । उहाँले राज्यले पनि हरेक सहकारीको अनुगमन प्रभावकारी बनाउनुपर्ने सुझाए ।
आम शेयर सदस्यले पनि व्याजको लोभमा सम्पत्ति धरापमा लगानी गर्न नहुने उनको सुझाव थियो । शिवशिखर सहकारी र इमेज सहकारीमार्फत सयौं नागरिक पीडित भएको प्रसंग कोट्याउँदै उनले बचतकर्ताले पनि जानेर बुझेर कारोवार गर्नुपर्ने बताउनुभयो । जनताको रकम ठग्नेहरु अहिले पनि कतिपय जेलमा पुगेका छन् भने कतिपय फरार बन्नुपरेको उहाँको भनाइ थियो ।
२०३२ सालमा स्थापना भएको कालिका सहकारी संस्था मर्ज पछिको आठौँ साधारणसभामा आइपुगेको हो । सहकारीले पछिल्लो समय उत्पादनमा शेयरसदस्यलाई जोड्ने लक्ष्य बनाएको अध्यक्ष हिमाल प्रसाद शर्माले बताउनुभयो । उहाँले सहकारी डुवाउने खेलमा भन्दा शेयरसदस्यलाई उद्यमशिल बनाउने अभियानमा लाग्न सबैलाई आग्रह गर्नु भयो ।
शनिबार भएको साधारणसभामा संस्थाका सल्लाहकार हरिनारायण गौतम, जगदिशचन्द्र उपाध्याय, सूर्य महत र केवी रानामगरले शुभकामना दिनुभयो । उहाँहरुले बैंकसँग प्रतिष्पर्धा गर्ने सहकारी भन्दा उत्पादनमा प्रतिस्पर्धा गर्न सुझाव दिएका थिए । साथै शेयर सदस्यको खुसीमा काम गर्नुपर्नेमा संचालकको खुसीमा नलाग्न सुझाव पनि दिनुभयो ।
साधारणसभामा सचिवको प्रतिवेदन भूपाल चालिसे, कोषाध्यक्षको प्रतिवेदन संचालक शालिकराम शर्मा र लेखा सुपरिवेक्षण समितिका संयोजक राजकुमार पौडेलले प्रस्तुत गरेका प्रतिवेदन पारित गरेको थियो ।
कार्यक्रमम कालिका सहकारी संस्थाका अध्यक्ष हिमालप्रसाद शर्माको अध्यक्षता गीता शर्माको स्वागत र सचिव भूपाल चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।
ढोरपाटनन्युजबाट













































































































































































































