३ श्रावण २०८३, आईतवार

 

कुँडुले माविका विद्यार्थीलाई लैङ्गिक हिंसा अन्त्यका लागि सचेतना

बागलुङ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विद्यार्थी, शिक्षक,कर्मचारी र अभिभावकलाई सचेतना कार्यक्रम आयोजना गरिएको छ ।

अन्तर पार्टी महिला संजाल जिल्ला कार्यसमिति बागलुङ र लायन्स क्लब अफ गौरीधाम बागलुङको संयुक्त आयोजनामा बागलुङ नगरपालिका-४ कुँडुलेस्थित कुँडुले माध्यमिक विद्यालयमा मंगलबार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा महिला अधिकार, महिला हिंसा र कानुनी व्यवस्था र साइबर क्राइमको बारेमा जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिका-४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, अधिवक्ता ममता देवी शर्मा, अधिवक्ता लक्ष्मी बाँस्कोटा र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सागर तिवारीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कुँडुले माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद कँडेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण आचार्यको उपस्थिति रहेको थियो ।

कार्यक्रम अन्तर पार्टी महिला सञ्जाल जिल्ला कार्यसमिति बागलुङ र लायन्स क्लब अफ गौरीधामकी अध्यक्ष सीता सापकोटाको अध्यक्षता, कोषाध्यक्ष ललिता थापाको स्वागत र सचिव हुमा देवी खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung