बागलुङ । बागलुङको उद्योग र व्यवसायको प्रवद्र्धनको लागि नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङले बागलुङ नगरपालिकासँग सहकार्य गर्ने भएको छ ।
‘आज नगप्रमुख बसन्त कुमार श्रेष्ठलाई नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले व्यवसायीक वातावरण निर्माण र उद्यमशीलताको विकास गर्न र उद्योगी व्यवसायीको मनोबल उच्च हुने गरी साझेदारीमा सहकार्य गर्नका लागि आग्रह पत्र बुझाइएको’ नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङअध्यक्ष मुकेश चन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।
लगानी र व्यवसायीको सुरक्षा, युवा व्यवसायीलाई नयाँ नयाँ क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्न, बागलुङ नगरलाई व्यवसायी गन्तव्यको रुपमा विकास गर्न र नवयुवालाई व्यवसायीक क्षेत्रमा आकर्षित गर्न उद्योग व्यापार संगठन बागलुङले नगरपालिकासँग व्यवसायीक तालिम, अभिमुखीकरण कार्यक्रम, कर शिक्षा, वित्तीय साक्षरता र व्यवसायीक सुरक्षाका विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्योग व्यापार संगठनले बागलुङ नगरपालिकासँग सहकार्य गर्ने भएको छ ।
‘बागलुङ विसं २०६२ सालदेखि उद्योग व्यवसायको संरक्षण र विकासमा क्रियासिल संस्थाले व्यावसायिक हकहितमा नगरपालिकासँग हातेमालो गर्दै अघि बढ्न नगरप्रमुखलाई आग्रह गरिएको नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखालले बताउनभयो ।’
‘व्यवस्था बद्लिएपनि देश र नागरिकको आर्थिक र सामाजिक अवस्था परिवर्तन हुन नसकेको र तीब्र ढंगले औद्योगीकरण हुन नसकेकोले आर्थिक र औद्यागीक विकास अहिलेको मुख्य एजेण्डा बनाउन सबै राजनैतिक दल र तीन नै तहको सरकारलाई खबरदारी गर्ने कार्यक्रम अन्तर्गत नगर प्रमुखलाई ध्यानाकर्षणसँगै बागलुङको व्यवसायीहरुको समस्या अवगत गराउनुका साथै व्यापार बढाउने विषयमा छलफल भएको महासचिव गोकुल प्रसाद कँडेलले जानकारी दिनुभयो ।’
‘बागलुङमा व्यावसायिक लगानी बढाउन र उद्योगी व्यवसायीको मनोबल उच्च बनाएर सँगसँगै हातेमालो गर्नको लागि बागलुङ नगरपालिकासँग नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङले सहकार्य गर्ने विषयमा नगर प्रमुखसँग गहन छलफल भएको कोषाध्यक्ष मनकाजि विश्वकर्माले बताउनुभयो ।’
ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख बसन्त कुमार श्रेष्ठले ‘बागलुङ बजारको व्यापार बढाउन र थप लगानी भित्राउन नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङसँग सहकार्य गर्नेछु ।’
‘उहाँले बागलुङको कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्गका कारण बागलुङ बजारमा पर्यटकको आगमन बढेको बताउदै उच्च मनोबलका साथ उद्योग व्यवसायमा लगानी गर्न र व्यवसायको विस्तार गर्न आग्रह गर्नुभएको थियो । लगानी र व्यवसायीको हित र सुरक्षामा नगरपालिका क्रियाशिल भएको श्रेष्ठले बताउनुभयो ।’
कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका उपाध्यक्ष प्रकाश पौडेल, सल्लाहकार रतन मलेपती र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ नगर समितिका कोषाध्यक्ष टेकबहादुर विश्वकर्मा र सदस्य लालबहादुर पुनको उपस्थिति रहेको थियो ।














































































































































































































