बागलुङ । बागलुङमा स्थापित युवाहरुको समूह प्रवुद्ध युवा समूहले अक्षयकोष निर्माणको उद्देश्य सहित लाइभ कन्सर्ट एण्ड फुड फेस्टिवल गर्ने भएको छ ।
विगत ३ वर्षदेखि विभिन्न सांस्कृतिक, सांगीतिक तथा सचेतना मुलक कार्यमा सक्रिय रहँदै आएको समूहले यहि पुस ५ गते दिउँसो २ बजेदेखि बागलुङ नगरपालिका-३ चिप्लेटी बस पार्कमा लाइभ कन्सर्ट एण्ड फुड फेस्टिवल गर्ने भएको हो ।
विशेष गरि विपन्न विद्यार्थीको सहयोगका लागि तथा कार्यक्रमहरुको दिगोपना र दीर्घकालिन लगानीका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले डि मर्चा व्याण्ड सहित कलकारहरु बाबुकृष्ण परियार, सुरेश सुनार, दि हिल्स व्याण्ड एवम ख्यातिप्राप्त अन्य कलाकारहरुको विषेश प्रस्तुती रहने आयोजकले जनाएको छ ।
गुठि युवा क्लव सहआयोजक रहने गरि आयोजित लाइभ कन्सर्ट एण्ड फुड फेस्टिवलका लागि १५ लाख ५० हजार खर्चको अनुमान गरिएको छ । खर्चबाट बचेको रकमबाट अक्षय कोष स्थापना गरि समूहका अध्यक्ष रोहित सुनारले जानकारी दिनुभयो । पर्यटन प्रवद्र्धन, कला सस्कृति संरक्षण र प्रवद्र्धन र व्यवसायीक प्रवद्र्धनको लक्ष्य रहेको पनि उहाँले बताउनुभयो ।
ग्रेस इन्टरनेसन एजुकेशनल प्रालि प्रायोजक रहेको लाइभ कन्सर्ट एण्ड फुड फेस्टिवलका लागि देश तथा विदेशमा रहेका व्यक्तिहरु, विभिन्न संघ संस्था तथा टिकटबाट सहयोग रकम संकलन भैरहेको कार्यक्रम संयोजक दिलिप प्रतेलले जानकारी दिनुभयो ।
लाइभ कन्सर्ट एण्ड फुड फेस्टिवलमा सहभागी हुनलाई विद्यार्थीका लागि ३ सय ५०, साधारण ५ सय र विशिष्ट १ हजारको टिकट रहने सचिव सागर खत्रीले जानकारी दिनुभयो ।













































































































































































































