३ श्रावण २०८३, आईतवार

 

पर्वत महोत्सवको उद्घाटन आज, ५ करोड कारोबार लक्ष्य

बागलुङ । गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कुश्मामा आजदेखि आठौँ पर्वत महोत्सव सुरु हुने भएको छ ।

यही पुस १९ गतेसम्म सञ्चालन हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको मूल संयोजक ठाकुर वि पौडेलले जानकारी दिनुभयो । महोत्सव सुरु हुनुअघि बुधबार बिहान ११ः०० बजेदेखि शान्ति र सद्भाव ¥याली प्रदर्शन गरिनेछ ।

सदरमुकाम कुश्माबजारको लोकतान्त्रिक चोकबाट सुरु हुने ¥याली पुरानो चौकी, शिवालय चोक, प्रगति चोक हुँदै महोत्सवस्थल बडागाउँ चौरमा पुगेर सभामा परिणत हुनेछ ।

‘समृद्ध पर्वत, हाम्रो चाहना’ भन्ने नाराका साथ सुरु हुने महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । सुन्तला, लप्सीलगायत कृषि प्रदर्शनी र बिक्रीका स्टलसमेत रहने जनाइएको छ ।

महोत्सवमा स्थानीय संस्कृतिमा आधारित झाँकी तथा ¥याली प्रदर्शन, खुला दोहोरी गीत प्रतियोगिता, अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता, विद्यालयस्तरीय लोक नृत्य, भजन तथा रत्यौली गीत प्रतियोगिता, टिकटक च्यालेञ्ज प्रतियोगिता र सुन्तला खाने प्रतियोगितालगायत छन् ।

महोत्सवमा एक लाखभन्दा बढी दर्शक भित्र्याउने र रु ५ करोड भन्दाबढीको कारोबार गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung