बागलुङ । उद्योग व्यापार संघ बुटवल रुपन्देहीको सातौं वार्षिक साधारणसभा तथा चौथौं अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले लोकनाथ पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा पदम जि।सी ,उद्योग उपाध्यक्षमा केशव श्रीस ,वाणिज्य उपाध्यक्षमा यमलाल मरासिनी, महिला उपाध्यक्षमा माया पाण्डे, महासचिवमा विजय आचार्य, कोषाध्यक्षमा दिलिप शर्मा , सचिवमा सौरभ भुसाल ,सह-कोषाध्यक्षमा विनोद आचार्य रहेका छन् ।
कार्यक्रमका प्रमुख अथिति बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले उद्योग व्यवसायीको हित र प्रवद्र्धनमा आफू क्रियाशिल भएको बताउनुभयो ।
आर्थिक बजार सुस्थ भएकोले उद्योगी व्यवसायीको लगानी सुरक्षित गर्न र उद्योग व्यवसाय चलायमान बनाउन तीनै तहको सरकारले राहतको कार्यक्रम ल्याउनु पर्ने नेपाल उद्योग व्यापार महासंघका महासचिव खिम नारायण पराजुलीले बताउनुभयो ।
कार्यक्रम उद्योग व्यापार संघ बुटवल रुपन्देहीका अध्यक्ष विष्णु प्रसाद पाण्डेको अध्यक्षता र महासचिव यम लाल मरासीनीको संचालनमा सम्पन्न भएको थियो ।













































































































































































































