३ श्रावण २०८३, आईतवार

 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पुनःनिर्माण कोषमा दियो १ करोड १ लाख सहयोग

बागलुङ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले नेपाल सरकारको पुनःनिर्माण अभियानमा सहभागी हुँदै भौतिक संरचना पुनःनिर्माण कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

यो सहयोग कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको हो। भाद्र २३/२४ गतेको जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका कारण राष्ट्रिय सम्पदा र भौतिक संरचना पुनःनिर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि योगदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष सुरेशलाल श्रेष्ठले अर्थ मन्त्री रामेश्वर प्रसाद खनाललाई चेक हस्तान्तरण गरेका थिए। सो अवसरमा अर्थ मन्त्रालयका उच्च अधिकारी, कम्पनीका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत उपस्थित थिए।

अर्थ मन्त्री खनालले सहयोगको लागि धन्यवाद व्यक्त गरे भने अध्यक्ष श्रेष्ठले राष्ट्रप्रति कर्तव्यबोधका साथ योगदान गरिएको बताउँदै, गत वर्ष बाढी, पहिरो पिडितका लागि प्रधान मन्त्री राहतकोषमा ५१ लाख योगदान गरिएको र जेनजी आन्दोलनका क्षतीमा हालसम्म १ अर्ब ९२ करोड रुपैयाँ बीमा दावी भुक्तानी भइसकेको जानकारी दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung