२ श्रावण २०८३, शनिबार

 

पूर्वकर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेस्रो साधारण सभा सम्पन्न, अध्यक्षमा केदारनाथ गौतम

काठमाडौं । पूर्वकर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेस्रो वार्षिक साधारण सभा काठमाडौंमा शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले कर्मचारीसँग देश र समाजको लागि चाहिने ज्ञान र अनुभव भएकोले त्यसलाई देशको हितमा उपयोग गर्नुपर्ने बताउनुभयो ।

अरू देशमा कर्मचारीबाट ज्ञान र अभ्यासलाई लिने गरेको मात्र छैन कर्मचारीबाटै मन्त्री बनाउने उदाहरण पनि भएको उहाँको भनाई थियो ।

कार्यक्रममा कर्मचारी सन्चय कोषका प्रशासक जितेन्द्र धिताल, नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका अध्यक्ष योगेन्द्र कुमार कुवँर, कोषका सह प्रशासक जिवन कुमार कटुवाल, पूर्वप्रशासक शशि विक्रम राणा, संचय कोष कर्मचारी संघका अध्यक्ष प्रकाश बस्नेत, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रामहरि गौतम, नेपाल वित्तीय कर्मचारी संस्थाका अध्यक्ष खिमबहादुर खड्का, सार्वजनिक संस्था पूर्वकर्मचारी समाजका अध्यक्ष दिनेश विक्रम थापा, आजिवन सदस्य अर्जुन कुमार गौतमले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा ३५ जना आजिवन सदस्यहरुलाई सम्मान गरिएको थियो ।अहिलेसम्म कोषमा ९९ जनाले आजिवन सदस्यता लिइसकेका छन् भने ४० जना साधारण सदस्य रहेका छन् ।

पूर्वकर्मचारीको हकहितको लागि लक्षित गरेर स्थापना गरिएको अक्षयकोषमा १७ लाख रकम संकलन भएको छ ।

कार्यक्रम पूर्वकर्मचारी मञ्च कर्मचारी सञ्चय कोषका अध्यक्ष केदारनाथ गौतमको अध्यक्षता, उपाध्यक्ष धर्म प्रसाद खनालको स्वागत, सदस्य मधुसूदन अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung