३ श्रावण २०८३, आईतवार

 

उद्योग व्यापार संघ कपिलवस्तुको अध्यक्षमा टोपनारायण बेल्वासे, महासचिवमा माधव भाट क्षेत्री

बागलुङ । उद्योग व्यापार संघ कपिलवस्तुको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले टोपनारायण बेल्वासेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरेको छ।

समितिको वरिष्ठ उपाध्यक्षमा शंकर भाट क्षेत्री, उद्योग उपाध्यक्षमा कलामुद्दिन मुसलमान, , वाणिज्य उपाध्यक्षमा वासुदेव खनाल, एसोसियट उपाध्यक्षमा वेदराज नेपाली, वस्तुगत उपाध्यक्षमा सन्देश कक्षपती, महिला उपाध्यक्षमा गिता देवी पौडेल, खुल्ला उपाध्यक्षमा मधुकला भट्टराई, महासचिवमा माधव भाट क्षेत्री, कोषाध्यक्षमा शालिक राम आचार्य, सचिवमा भोतराज पोखरेल, सहकोषाध्यक्ष विष्णु पाण्डे रहेका छन् ।

साथै लेखा समिति संयोजकमा विष्णु सापकोटा चयन भएका छन् ।नवनिर्वाचित कार्यसमितिलाई सहभागी उद्योगी तथा व्यवसायीहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्ने वक्ताहरूले नयाँ समितिले उद्योगी–व्यवसायीका समस्या, चुनौती र अधिकार संरक्षणमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उद्योग व्यापार संघ कपिलवस्तुले आगामी दिनमा निजी क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य बढाउँदै समग्र आर्थिक विकासमा योगदान पुर्‍याउने नव निर्वाचिन अध्यक्ष टोपनारायण बेल्बासेले प्रतिवद्धता जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung