३ श्रावण २०८३, आईतवार

 

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सलाई अन्तर्राष्ट्रिय अवार्ड

बागलुङ। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले थाइल्याण्डको बैंककमा सम्पन्न छैठौं इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५ मा “बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर” अवार्ड प्राप्त गरेको छ।

इन्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित कार्यक्रममा एसियाली बीमा बजारमा नवीनता, रणनीतिक प्रभाव र ग्राहक–केन्द्रित पहललाई मूल्याङ्कन गरी अवार्ड प्रदान गरिएको हो।

कम्पनीका अध्यक्ष रतन लाल केडियाले यो सम्मान कम्पनीको रणनीतिक सोच र ग्राहक–केन्द्रित दृष्टिकोणको मान्यता भएको बताए। प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले यस अवार्डले कम्पनीलाई नेपाल मात्र नभई एसियाली बीमा बजारमा पनि सक्षम र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गरेको उल्लेख गरे।

सानिमा रिलायन्सले हाल देशभर १६९ शाखामार्फत सेवा दिँदै आएको छ, ५ अर्बभन्दा बढी पूँजी र २० अर्बभन्दा बढी लगानी रहेको छ। कम्पनीमा २० हजारभन्दा बढी अभिकर्ता कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung