३ श्रावण २०८३, आईतवार

 

सिटिजन लाइफको ६ महिनाको खुद नाफा २३ करोड १५ लाख

बागलुङ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष २०८२/०८३ को ६ महिनामा २३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको वर्षको सोही अवधिको तुलनामा ०.२४ प्रतिशतको वृद्धि हो ।

कम्पनीको खुद बीमाशुल्क आर्जन २२.२३ प्रतिशतले बढेर ३ अर्ब ८८ करोड ८७ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको जीवन बीमाकोषको आकारमा उल्लेख्य वृद्धि भई २२ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । कम्पनीले हालसम्म २६ अर्ब रुपैयाँ लगानी गरेको छ भने कुल सम्पत्तिको मूल्य २९ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी ५ अर्ब रुपैयाँ, जगेडा कोषमा ३५ करोड ६५ लाख रुपैयाँ रहेको छ भने सोल्भेन्सी अनुपात ३।४२ प्रतिशतबाट घटेर १.७३ प्रतिशतमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२६।५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५१/१८ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung