३ श्रावण २०८३, आईतवार

 

वीरशाली पन्त स्मृति कोषबाट कवि पाण्डेय पुरस्कृत

बागलुङ ।  विरशाली पन्त स्मृति कोषले तेस्रो संस्करणको विरशाली पन्त स्मृति गौरवमय पुरस्कार वितरण गरेको छ । बागलुङ नगरपालिकामा आयोजित कार्यक्रममा बागलुङ नगरपालिका–७ निवासी मेघराज पाण्डेयलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

बागलुङ नगरपालिकाद्वारा स्थापित वीरशाली पन्त स्मृति कोषबाट कवि मेघराज पाण्डेय पुरस्कृत भएका छन्। कोषले तेस्रो संस्करणको विरशाली पन्त स्मृति गौरवमय पुरस्कार नेपाली साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान दिएका बागलुङ नगरपालिका–७ निवासी पाण्डेयलाई नगद २५ हजारसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।

पाण्डेयलाई कोषका अध्यक्ष प्राज्ञ प्रेम छोटा, बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठ र निवर्तमान नगर प्रमुख जनकराज पौडेलले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा कवि पन्त बागलुङको इतिहास र गौरव भएको बताउनुभयो । उहाँले पन्तको कृतित्व र व्यक्तित्वका बारेमा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सकेमा जिल्लाको पहिचान बढ्नेमा नगरप्रमुख श्रेष्ठले जोड दिनुभयो ।

कार्यक्रममा निवर्तमान नगरप्रमुख जनकराज पौडेल, सम्मानित व्यक्ति मेघराज पाण्डेय, दोस्रो सम्मानित व्यक्ति धवलागिरि बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डा दिनबहादुर थापा र नारी स्रष्टा चन्द्रकुमारी श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्मानित व्यक्तिको बारेमा धवलागिरि बहुमुखी क्याम्पसका प्रमुख सहप्राध्यापक डा सुदर्शन सिलवालले जानकारी गराउनुभएको थियो । कार्यक्रम कोषका अध्यक्ष प्रेम छोटाको अध्यक्षता, सदस्य वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठको स्वागत र सदस्य सचिव हरिप्रसाद पाण्डेयको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung