३ श्रावण २०८३, आईतवार

 

राप्रपाको निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा, नेतृत्व भंग गरी महाधिवेशन गर्नुपर्ने माग

बागलुङ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निर्देशक समिति अध्यक्षबाट डा प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई सम्बोधन गर्दै लोहनीले आइतबार राजीनामा पत्र बुझाएका हुन् । उनले पार्टीले गत फागुण २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गम्भीर धक्का खाएपछि राजीनामा दिएका हुन् ।

डा. लोहनीले एक विज्ञप्ति जारी गर्दै पार्टीका जिम्मेवार पदाधिकारीले मार्गप्रशस्त गर्नुपर्ने र जनभावनाअनुरुप तदर्थ समिति गठन गरी महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

आन्तरिक र अन्य विभिन्न कारणले निर्वाचनमा निराशाजनक नतिजा आएको उल्लेख गर्दै यो विशेष अवस्थामा उनले मूल नेतृत्वले जनभावना अनुसार अगाडि बढ्न आग्रह गरेका छन् ।

सुमधुर सम्बन्ध नभएको लिङ्देन र लोहनीबीच यस घटनाले सम्बन्ध अझ विग्रेन निश्चित छ ।

अध्यक्ष लिङ्देनले लोहनीलाई समानुपातिक सूचीमा राख्ने कि नराख्ने भनेर पार्टीमा चुनाव नै गराएका थिए। लोहनी पराजित भएपछि उनको नाम बन्द सूचीमा राखिएको थिएन।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung