बागलुङ । शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज अदालत उपस्थित गराइएको हो ।
पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि आजै अदालत उपस्थित गराइँदै छ ।













































































































































































































