३ श्रावण २०८३, आईतवार

 

युआरएल धौलागिरी डाइग्नोष्टिक प्रालिको प्रथम साधारणसभा सम्पन्न

बागलुङ । युआरएल धौलागिरी डाइग्नोष्टिक प्रालिको प्रथम साधारणसभा सम्पन्न भएको छ । शनिबार बागलुङ बजारको इला कम्र्फट होटलमा साधारणसभा सम्पन्न भएको हो ।

सभालाई युआरएल डाइग्नोष्टिक प्रालिका अध्यक्ष ठाकुर प्रसाद पन्तले युआरएल डाइग्नोष्टिक ल्याबबाट सेवाग्राहीले गुणस्तरीय सेवा पाएकोले रोग पहिचान र उपचारमा धेरै सहज भएको बताउनुभयो ।

युआरएल धौलागिरी डाइग्नोष्टिकका डाइरेक्टर दिनेश जिसीले बागलुङ बजारमा पहिलो पटक व्यवसायीक रुपमा सुरु भएको, आवश्यक मापदण्ड पुरा गरेको र गुणस्तरीय हिसाबले अब्बल यृुआरएल धौलागिरी डाइग्नोष्टिक प्रालिले राम्रो सेवा दिएको बताउनुभयो ।

यो ल्याब संचालनमा आएपछि बिरामीले जाँच गर्दा रिपोर्ट सही नआउन समस्याबाट मुक्त भएको र विरामीको पैसा र समय पनि बचत भएको जिसीको भनाई थियो । सुपथ मूल्यमा दक्ष जनशक्तिले जाँच गर्ने भएकोले यृुआरएल धौलागिरी डाइग्नोष्टिक प्रति सेवाग्राहीको विश्वास र आकर्षण बढेर गएको छ ।

कार्यक्रम यृुआरएल धौलागिरी डाइग्नोष्टिक प्रालिका अध्यक्ष ठाकुर प्रसाद पन्तको अध्यक्षता, वोर्ड सदस्य मिनप्रसाद पौडेलको स्वागत मन्तव्य र प्रबन्धक गणेश प्रसाद कोइरालाको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung