३ श्रावण २०८३, आईतवार

 

चौथो जेसीज कप फुटबल प्रतियोगिता सुरू

बागलुङ । बागलुङ जेसीजको आयोजनामा चौथो संस्करणको गण्डकी प्रदेश स्तरमा फुटबल प्रतियोगिताका सोमबारदेखि सुरु भएको छ ।

काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले प्रतियोगिताको ट्रफी अनावरण गरेर शुभारम्भ गर्नुभयो ।युवाहरुलाई खेलप्रति अग्रसर बनाउदै नवप्रतिभा खेलाडिको पहिचानसँगै खेलकुदको माध्यमबाट बागलुङलाई पर्यटनसँग जोड्ने कार्य गरेको थापाले बताउनुभयो ।

बागलुङलाई व्यवसायीक रुपमा खेलकुदको गन्तव्य बनाउने लक्ष्यका साथ चौथो जेसीज कप सुरु गरिएको बागलुङ जेसीजकी अध्यक्ष अन्जिला श्रेष्ठले जानकारी दिइन्।

प्रतियोगितामा १२ टिम सहभागी हुनेका साथै खेलमा सेना र प्रहरीको टिम पनि सहभागी हुन लागेको फुटबल संयोजक शुभम राजभण्डारीले जानकारी दिनुभयो ।

फुटबलमा प्रथम हुनेले २ लाख, ट्रफि र मेडल, द्वितीयले १ लाख नगद, ट्रफि र मेडल पाउनेछन् ।

त्यसबाहेक उत्कृष्ट खेलाडी र टिमलाई पनि पुरस्कृत गरिने भएको फुटबल संयोजक राजभण्डारीले जानकारी दिनुभयो । खेलका लागि १० लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ । सोमबारदेखि सुरु भएको प्रतियोगिता चैत्र २८ गतेसम्म सञ्चालन हुनेछ।

कार्यक्रम बागलुङ जेसीजकी अध्यक्ष अन्जिला श्रेष्ठको अध्यक्षता र खेल संयोजक शुभम राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो।

तस्बीर : खोजीनितीबाट

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung