३ श्रावण २०८३, आईतवार

 

गण्डकीका मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद् हेरफेर, बागलुङका जित शेरचन अर्थ र गोविन्द नेपाली भौतिक पूर्वाधार मन्त्री

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।

सत्तारुढ दल कांग्रेस र एमालेबिच भएको सहमति अनुसार मुख्यमन्त्री पाण्डेले मन्त्री हेरफेर गरेका हुन्।नयाँ मन्त्रिपरिषद्मा बागलुङका जित शेरचन अर्थमन्त्री र गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री भएका छन् ।

साथै कांग्रेसबाट अर्थमन्त्रीमा शेरचन, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नन्दप्रसाद न्यौपाने सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ बन्दा वन तथा वातावरण नम्डु गुरुङ र

एमालेबाट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामा गोविन्दबहादुर नेपाली, उद्योग तथा पर्यटनमा यशोदा रिमाल, कृषि, भूमि व्यवस्था तथा सहकारीमा लक्ष्मण पाण्डे र स्वास्थ्यमा भीम कार्कीले जिम्मेवारी पाएका छन्।

प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ मन्त्रीहरुलाई शपथ गराइसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung