३ श्रावण २०८३, आईतवार

 

उद्योग व्यापार महासंघ कास्कीको अध्यक्षमा वालकृष्ण कोइराला, सचिवमा नवराज कोईराला

बागलुङ । नेपाल उद्योग व्यापार महासंघ कास्कीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

आइतबार सम्पन्न अधिवेशनले वालकृष्ण कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा निर्मल पौडेल, सचिवमा नवराज कोईराला, कोषाध्यक्षमा घनश्याम न्यौपाने, सहसचिवमा वलराम भण्डारी ,सहकोषाध्यक्षमा शिवराम दाहाल रहेका छन् ।

साथै सदस्यहरु संगिता तिवारी,गीता तिवारी,यज्ञ प्रसाद तिवारी, रूकवीर सुनार रामु र जिवनाथ तिमिल्सिना रहेका छन् ।

अधिवेशनलाई नेपाल उद्योग व्यापार महासंघ उपाध्यक्ष एवं महिला विभाग प्रमुख गोमा ढकाल, नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका अध्यक्ष जनकराज पराजुली, नेकपा कास्कीका संयोजक विश्वप्रकाश लामिछाने र लेखनाथ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोपिचन्द्र वास्तोला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम नेपाल उद्योग व्यापार महासंघ कास्कीका अध्यक्ष वालकृष्ण कोइरालाको अध्यक्षता र सचिव राजेन्द्र तिमिल्सिनाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung