बागलुङ । चैत्राष्टमी मेला २०८२ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको विवरणअनुसार मेलामा विभिन्न शीर्षकमा भएको खर्च र आम्दानीको विवरण प्रस्तुत गरिएको हो ।
आयतर्फ कालिका भगवती मन्दिरबाट २० लाख रुपैयाँ, रमाइलो मेलाबाट १० लाख रुपैयाँ, प्रायोजनबाट ८ लाख ९५ हजार रुपैयाँ, सहयोगी संस्थाबाट ३ लाख ४३ हजार ५५ रुपैयाँ तथा अन्य स्रोतबाट १७ लाख रुपैयाँ संकलन भएको देखिएको छ ।
यसअनुसार कुल आम्दानी ४५ लाख १५ हजार ५५ रुपैयाँ पुगेको छ ।
खर्चतर्फ राष्ट्रिय कलाकारमा १ लाख ८० हजार रुपैयाँ, कालिका कप पुरुष तथा महिला भलिबलमा ७ लाख ५० हजार रुपैयाँ, साउन्ड सिस्टममा २ लाख ५० हजार रुपैयाँ, खाना तथा खाजामा १४ लाख ५४ हजार १ सय रुपैयाँ, अतिथि सत्कारमा ५ लाख ५१ हजार रुपैयाँ, यातायात खर्च ६७ हजार रुपैयाँ लगायत विभिन्न शीर्षकमा खर्च गरिएको छ ।
समग्रमा कुल खर्च ४३ लाख ८३ हजार ४ सय २४ रुपैयाँ भएको उल्लेख गरिएको छ । यसरी कुल आम्दानी र खर्च तुलना गर्दा मेलाबाट करिब ७ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको देखिएको छ ।
बाँकी रकममध्ये केही रकम असुल हुन बाँकी तथा सहयोगबाट प्राप्त हुने रकमसमेत उल्लेख गरिएको छ । आय–व्यय विवरणमा लेखापाल, आर्थिक संयोजक तथा संयोजकले हस्ताक्षर गरी प्रमाणित गरेका छन् ।
आयोजक समितिले पारदर्शिता कायम गर्न सार्वजनिक रुपमा विवरण प्रस्तुत गरिएको जनाएको छ ।













































































































































































































