३ श्रावण २०८३, आईतवार

 

मालिका सेवा समाज जापानद्धारा मालिका स्वास्थ्य चौकी भवन निर्माणको लागि ३ लाख सहयोग

बागलुङ । मालिका सेवा समाज जापानले स्वास्थ्य चौकी भवन निर्माणको लागि आर्थिक सहयोग गरेको छ ।

समाजले बागलुङ नगरपालिका ५ स्थित मालिका स्वास्थ्य चौकी भवन निर्माणको लागि रु तीन लाख पाँच हजार सहयोग गरेको हो ।

विहिबार मालिका सेवा समाज जापानका कोषाध्यक्ष राम प्रसाद सापकोटाले मालिका स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद शर्मालाई उक्त रकम प्रदान गर्नु भएको हो ।

कार्यक्रम मालिका स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद शर्माताको अध्यक्षता, मालिका स्वास्थ्य चौकीका इन्चार्ज शिव केसीको स्वागत र सिअहेव वैकुण्ठ निउरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung