३ श्रावण २०८३, आईतवार

 

वर्षमान पुनद्वारा पुस्तकालयलाई कार्ल मार्क्र्सको पुँजी पुस्तक उपहार

बागलुङ । नेकपाका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनद्वारा पुस्तकालयलाई कार्ल मार्क्र्सको पुँजी पुस्तक उपहार दिनु भएको छ ।

बुधबार पुनले कार्ल मार्क्सको पुँजीका तीन वटा खण्ड विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्मालाई हस्तान्तरण गर्नु भएको हो । मार्क्र्सको पुँजी पुस्तकको तीन खण्डका साथै रु ३० हजारको विभिन्न विषयका पुस्तकहरु पुनले पुस्तकालयलाई उपहार दिनु भएको हो ।

पुस्तकालयमा आउने युवा पाठकहरुले  मार्क्स र माक्र्सवादलाई पढ्न र बुझन्न मद्धत पुगोस भनि मार्क्र्सको पुँजीलगाएतका विभिन्न विषयमा वैचारिक, राजनीतिक, साहित्यिक, सामाजिक र आर्थिक विषयका पुस्तक उपहार दिएको पुनले नयाँ विश्वलाई बताउनुभयो ।

पुस्तकालयलाई उपहार आएका सृजनात्मक र गहन विषयका पुस्तकले अध्ययनका लागि आउने विभिन्न उमेर समूहका पाठकको चेतनास्तर माथि उठाउन र सबै विषयको ज्ञान प्रदान गरि मानविय र वैचारिक स्तर उठाउन मद्धत पुग्ने पुस्तकालयका पुस्तकाध्यक्ष गणेश सापकोटाले बताउनुभयो ।

गत २०८२ भदौ २२ गते पुनले विद्यामन्दिर पुस्तकालयको अवलोकन गर्नु हुँदा पुस्तक उपहार दिने वचन दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung